सगरमाथाको बेस क्याम्प घुम्न जाने पर्यटकहरुलाई चीनले लगायो रोक

४ फाल्गुन २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया
63 Shares


काठमाडौँ / प्रतिबन्ध सामान्य पर्यटकलाई मात्रै लगाइएको र सगरमाथा आरोहीहरुका लागि भने प्रतिबन्ध नरहेको सिन्ह्वाले जनाएको छ ।समुद्री सतहबाट झण्डै ५ हजार मिटरमा रहेको रङ्पो गुम्बाबाटै पर्यटकलाई प्रवेशमा रोक लगाइएको चिनियाँ प्रकृति संरक्षणका अधिकारीहरुले जानकारी दिएका छन् ।

सिन्ह्वाका अनुसार पर्यटकहरुलाई अहिले भएको आधार शिविरभन्दा दुई किलोमिटर वर नै अर्को आधार शिविर बनाइने भएको छ ।पछिल्लो समय चीनतर्फ र नेपालतर्फबाटै सगरमाथाको आधार शिविरसम्म घुम्न जाने पर्यटकको संख्या बढिरहेको छ ।गएको वर्ष मात्रै सगरमाथा आरोहण गर्नेको संख्या ८ सय भन्दा बढी रहेको थियो ।

तर बढ्दो आरोही र पर्यटकको संख्याले भने सगरमाथा क्षेत्रमा निकै नै प्रदूषण बढ्दै गैरहेको छ । चीनले सरसफाइका साथै सगरमाथा क्षेत्रमा रहेका आरोहीका शवहरु पनि हटाउने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया