ग्याल्पो ल्होसारको अवसरमा हिमाल आरोहीलाई सम्मान गरिने

प्रकाशित मिति:

काठमाडौँ /हिमालयन शेर्पा सांस्कृतिक केन्द्र संखुवासभाले २१४६ औं ग्याल्पो ल्होसारको अवसरमा हिमाल आरोहीहरुलाई सम्मान गर्ने भएका छन् ।शनिबार सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गर्दै सांस्कृतिक केन्द्रका अध्यक्ष मिगुर शेर्पाले संखुवासभा जिल्लामा जन्मिएर हिमाल आरोहणमा ख्याति कमाउनु भएका मिङ्मा शेर्पा, डोमा शेर्पा र दिकी शेर्पालाई सम्मान गर्ने जानकारी दिनुभयो ।

उहाँका अनुसार, मिङ्माले विश्वका ८ हजार मिटरमाथिका सबै हिमाल आरोहण गरिसकेका छन् भने शेर्पा जातिको महिला पत्रकार डोमाले सगरमाथा आरोहण गरेकी छिन् ।त्यसैगरी सगरमाथा आरोहण गर्न सफल भएकी दिकी शेर्पालाई समेत सम्मान गर्न लागिएको हो ।

यहि ७ गते मंगलबार सदरमुकाम खाँदबारीमा नै आयोजना हुने कार्यक्रममा शेर्पा जातिको साँस्कृतिक स्याब्रु नृत्य स्थानीय तहको पालिकास्तरीय प्रतियोगिता समेत हुनेछ ।जसमा प्रथम पुरस्कार २० हजार र प्रमाणपत्र, दोस्रो १५ हजार र प्रमाणपत्र र तेस्रो पुरस्कार १० हजार प्रमाणपत्र र सान्त्वना ५ हजार रहेको छ ।साथै कार्यक्रमा चर्चित गायक मिङ्मा शेर्पा, नेपाली तारा सन्तोष लामा, उमङ्ग लामा, संखुवासभा आइडल आवाज शेर्पा लगायतले विभिन्न गीतहरु समेत गाउने आयोजकले जनाएको छ ।

थप समाचार