आयोजक राष्ट्रिय मगर संघद्वारा झुटो प्रचार , शर्मा र थापा दुवै नआउने

प्रकाशित मिति:

प्रकाश अधिकारी तनहु आज शनिबार राष्ट्रिय मगर संघ तनहुँको दमौलीमा राखेको गण्डकी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका प्रखर वक्ता पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य गगनकुमार थापा आउने भनेर झुटो प्रचार गरेको छ। नेपाली कांग्रेसको भातृ संगठन राष्ट्रिय मगर संघ केन्द्रीय कार्य समितीको आयोजनामा शनिबार गण्डकी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा शर्मा र थापाले प्रशिक्षण दिने भन्दै गाँउ गाँउमा र संचार माध्यममा प्रचार गरिएको थियो। प्रवक्ता शर्मालाई पटकपटक फोन गर्दा रिसिभ नभएको र थापालाई सम्पर्क गर्दा आयोजकलाई मैले पहिलै आउन भ्याउदिन भनिसकेको बताएका छन्। आयोजक राष्ट्रिय मगर संघले भने झुटो प्रचार गरेर पार्टीका आवद्ध कार्यकर्तालाई भ्रम छरेको हुदा दमौलीमा उपस्थित केही कार्यकर्ताले असन्तुष्ट व्यक्त गरेका छन्। अन्य नेताहरू वरिष्ठ नेता रामचन्द्र पौडेल,सहमहामन्त्री प्रकाश शरण महत, केन्द्रीय सदस्य शंकर भण्डारी लगाएत नेताहरू भने उपस्थित भैसकेका छन्।

थप समाचार