एसपीमा बढुवा भएलगत्तै घर आउनु भएका अधिकारीलाई बधाई थाप्न भ्याइ नभ्याई

४ फाल्गुन २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया
49 Shares


प्रकाश अधिकारी तनहु \  नेपाली भएपछि देश विदेशीमा जहाँ भएपनि आफू जन्मेको घर,समाज,गाँउ र जिल्लाको माया निकै हुन्छ। अझ गाँउमा बस्ने समाजलाई आफ्नो ठाउको मान्छे देशको कुनै उच्च पदमा पुग्यो भनेपछि त हर्षित नै हुन्छन्। तनहुँको व्यास १२ फराकचौरमा जन्मिनु भएका श्यामकुमार अधिकारी हालै नेपाल प्रहरीको डिएसपी बाट एसपिको बढुवामा सिफारिस भए लगत्तै शुक्रबार तनहुँ आउनु भएका उहालाई आफन्त,साथिभाई र शुभचिन्तकहरूले भेटघाट गरि खादा, माला र टीका लगाइ बधाई दिएका थिए। उहालाई भेटघाट र बधाई थाप्न एकछिन त भ्याइनभ्याई भएको थियो। बधाई दिन आएका सबै हर्षित र खुखि देखिन्थे। उपस्थित सबैले अधिकारीलाई आगामी दिनमा अझै अगाडि बढ्दै जिल्ला र देशको ईज्जत् राख्ने गरि काम गर्नु भन्दै शुभकामना दिएको थिए। अधिकारीले बधाई दिने सम्पुर्णलाई धन्यवाद दिदै आगामी दिनमा प्रहरीको मुख्य काम जनताको दैनिक जीवनलाई शान्तिपूर्ण र सुरक्षित बनाउन छहरा दिनु हो र म सधैं निष्पक्ष तरीकाले संगठनमा काम गर्ने बताउनुभएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया