प्रहरीका सइ पक्राउ

प्रकाशित मिति:

मुगु /महिलालाई जबर्जस्ती गरेको आरोपमा शुक्रबार एक प्रहरी समातिएका छन्। सापटी लिएको रकम लिन बोलाएको र रकम लिन शुक्रबार साँझ पुगेकी महिलामाथि प्रहरीका सइ सूर्यबहादुर शाहीले हातपात गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। छायानाथ रारा नगरपालिका ५ घर भई हाल सदरमुकाम गमगढीमा बस्दै आएकी ती महिलालाई हुम्ला चंखेली गाउँपालिका दार्माका शाहीले दुर्व्यवहार गरेका हुन्। उनी अस्थायी प्रहरी चौकी चैनका सई हुन्।

लामो समयसम्म श्रीमती घर नआएपछि खोज्दै जाँदा चैन भन्ने गाउँमा भिर बाटोमा एक्लै भेटिएको पीडित महिलाका श्रीमान्ले बताए। रातिसम्म खोजेपछि प्रहरी चौकी चैनमा रहेका सईले रमा लिन बोलाएको र चैन खोलामा पुग्दा जबर्जस्ती गरेको श्रीमतीले बताएकी उनले बताए। पछि जिल्ला प्रहरी कार्यालयमा खबर गरेको उनले बताए। प्रहरीले दोषी शाहीलाई पक्राउ गर्न आनाकानी गरेको तर, आफूले लगातार दबाब दिएपछि पक्राउ गरेको उनले बताए।