नेपालमा लगानी गर्ने उत्तर कोरियाको इच्छाप्रति अमेरिकाले देखायो चासो

प्रकाशित मिति:

काठमाडौं- उत्तर कोरिया नेपालमा लगानीको इच्छुक रहेकोप्रति अमेरिकाले चासो देखाएको छ। नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले सामाजिक सञ्जाल ट्वीटरमा नेपालमा उत्तर कोरियाको नेपालमा लगानीको इच्छाप्रति चासो देखाएका हुन्। शुक्रवार ट्वीटरमा उनले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले विदेशी भूमिमा लगानी गर्न उत्तर कोरियालाई रोक लगाएको अवस्थामा यो समाचार आउनु निकै रोचक रहेको उल्लेख गरेका छन्।

यसअघि उत्तर कोरियाका नयाँ राजदूतले सभामुख कृष्णबहादुर महरासँगको भेटमा यस्तो इच्छा व्यक्त गरेको समाचार सार्वजनिक भएको थियो। विभिन्न सामाजिक सञ्जाल तथा नेपालका प्रमुख सञ्चारमाध्यममा उक्त समाचार सार्वजनिक भएको थियो