लायन्सको आंखा शिवीर शुरु,, कम्तिमा ५० हजार बालबालिकाले निशुल्क नेत्र परिक्षण गर्न पाउने

९ श्रावण २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया


लायन्स क्लब अफ बुटवल, लायनेस क्लब अफ बुटवल र लियो क्लब अफ बुटवलको संयुक्त आयोजनामा आजदेखि निशुल्क आंखा शिवीर तथा चस्मा वितरण कार्यक्रम शुरु भएको छ । कार्यक्रमको उद्घाटन गर्दै लायन्स डिस्ट्रीक्ट ३२५ बी २ का गर्भनर सुनिल ओझाले सामाजिक कार्यमा अग्रसर लायन्सको हरेक कार्यक्रमले समाजमा सकारात्मक असर छोड्ने बताउंदै आफू गर्भनर रहंदासम्म हरेक कार्यमा सक्दो सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

बुटवल लायन्स आंखा अस्पतालको प्राविधीक सहयोगमा शुरु भएको शिवीर बाट सरकारी तथा आवासीय विद्यालयमा अध्ययनरत कम्तीमा ५० हजार बालबालिकाको नेत्र परिक्षण गरी निःशुल्क औषधी उपचार गरिने आंखा शिवीर कार्यक्रमका संयोजक सन्जय जैसवालले जानकारी दिनुभयो । लायन्स क्लब अफ बुटवलका अध्यक्ष सुनिल कृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व डिस्ट्रीक्ट गर्भनर महेन्द्रनारायण श्रेष्ठ, सल्लाहकार जीवन ओझा, अनुपमान सैंजु , अरुण प्रताप राणा लगायतले बोल्दै शिवीर सफलताको शुभकामना दिनुभएको थियो । शिवीर आजदेखि शुरु भई एक वर्षसम्म जारी रहनेछ । शिवीर संचालन गर्न लगभग २८लाख खर्च हुने अनुमान आयोजकको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया