देवदह मेलामा स्टल बुकिङ्ग तथा स्थल निर्माणको कार्य तिब्र ।

प्रकाशित मिति:

झविन्द्र देवकोटा / बुटवल – रुपन्देहीको देवदहमा लाग्न थालेको पाँचौ राष्ट्रिय देवदह औद्योगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सवका लागि स्टल बुकिङ्ग तथा स्थल निर्माण कार्यलाई तिब्र पारिएको छ । फागुनको १६ गतेदेखि २७ गतेसम्म लाग्ने मेला सफल बनाउनका लागि मेला प्रदर्शनी स्थल निर्माणको काम अहिले भई रहेको छ भने स्टल बुकिङ्गलाई आयोजकले तिब्र पारेका हुन् । देवदह उद्योग बाणिज्य संघको अयोजनामा हुन थालेको मेलाका लागि अहिले प्रदर्शनी स्थल सम्याउने, सरसफाई गर्ने तथा स्टल राख्नका लागि पुर्वाधार निर्माणको काम भई रहेको बाणिज्य संघका अध्यक्ष गोपाल ढकालले जानकारी दिए ।

उनले मेलालाई सब्य र भब्य बनाउनका लागि पुर्वाधार निर्माणलाई ब्यवस्थीत बनाउन संघले गृहकार्य गरि रहेको बताए । मेलामा अत्याधिक दर्शकको उपस्थितीका लागि मेलाका आकर्षकहरु पहिलेभन्दा बेग्लै राख्ने र दर्शकलाई उत्साह थप्ने मेला बनाउनेतर्फ आयोजकले विभिन्न चरणमा छलफल र गोष्ठिहरु गर्दै आएको ढकालले सुनाए ।

मेला सफल बनाउने स्थानीय देवदह ब्यापार संघ, उद्योग ब्यापार संघका पदाधिकारी तथा सदस्यसँग पनि छलफल र सहकार्य कार्यक्रमहरु आयोजकले चरणबद्ध रुपमै निरन्तर गरि रहेको छ । स्थानीय सामाजिक, राजनीतीक, धार्मिक संघसंस्था, आमा समुह, युवा क्लव, ब्यवसायिक प्रतिस्ठानसँग सहकार्यलाई संघले तिब्रता दिएको संघका महासचिव हरि भण्डारीले जानकारी गराए । उनले छलफलसँगै प्रदर्शनी स्थलमा स्टल निर्माणका लागि काम थालिएको समेत बताए ।

मेलाका लागि अहिलेसम्म डेढ सय बढी स्टल दर्ता भई सकेको जानकारी गराए । फागुन १६ गतेदेखि लाग्ने मेलामा स्लो साईकल रेस, सिङ्गिङ आइडल, डान्सिङ आइडल, कपल डान्स, अन्तर आमा समूह लोक गीत प्रतियोगिता, अन्तर विद्यालय लोक गित प्रतियोगिता, खुल्ला लोक गीत प्रतियोगिता लगायतका कार्यक्रमहरु रहने सांस्कृतिक उपसमिति संयोजक तेजु अर्यालले जानकरी दिए । उद्योग ब्यापार कृषि र पर्यटनको विस्तार देवदहको समृद्धिको आधार भन्ने नाराका साथ लाग्न थालेको मेलममा स्थानीय उत्पादन, कृषि, पर्यटनको प्रवद्र्धन गर्नुका साथै खेलकुद, साँस्कृतिक कार्यक्रम तथा बालउद्यान रहने छन् । अहिलेको मेलामा सेल्फि प्रेमीहरुलाई आक्रषक पृथक सेल्फि स्थल राखिने समेत बताइएको छ ।