क्यान मेलाको दोस्रो दिन दर्शकको उपस्थिति उत्साहजनक

प्रकाशित मिति:

बुटवल /कम्प्युटर एशोसियसन नेपाल महासंघ क्यान रुपन्देहीको आयोजानमा स्टार्टअप वाईटेक क्यान ईन्फोटेक सूचना प्रविधिसम्बन्धी प्रर्दशनी बुटवलमा जारी छ । शुक्रबार बाट सुरु भएको क्यान मेलाको शनिवार उल्लेखनिय मात्रामा दर्शहरुले अवलोकन गरेका छन् । शनिवार विदाको दिन भएको कारणले पनि दर्शकहरुले उल्लेखनिय मात्रामा मेलाको अवलोन गरेका आयोजकले जनाएका छन् । शनिवार प्रदेश नम्बर ५ का सभामुखि पुर्ण बहादुर घर्ती मगरले क्यान ईन्फोटेको अवलोकन गरेका छन् ।

मेला स्थलमा पुगेर उनले सम्पूर्ण स्टलहरुको अवलोकन गर्नुको साथै विज्ञान प्रविधिका नयाँ कुरामा विशेष चासो देखाएका थिए । ईन्फोटेमा शनिवार टोल बिकास सस्था का अध्यक्ष हरुलाई “समाज सेवा मा सुचना प्रबिधि को प्रयोग “ प्रयोग र “ विद्युततीय सक्षरता’ बिषयमा अभीमुखिकरण तालिम समेत प्रदान गरिएको छ । शनिवारको दिन सास्कृतीक कार्यक्रमले समेत दर्शकको मन जित्न सफल भएको थियो । क्यान महासंघ रुपन्देहीका सह सचिव सुरेश चन्द्र भट्राईका अनुसार नेपाल आईडलका उत्कृष्ठ प्रतिपष्र्धी कलाकार प्रताप दास, लोक दोहोरी गायिका शिलु भट्राई लगायतले विशेष प्रस्तुती देखाएका थिए ।

इन्फोटेकमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन, मोबाइल एसेसरिज, डिलर र डिस्ट्रिब्यूर्टस, टेलिकम्युनिकेसन, आइएसपी, सफ्टवेयर सोलुसन्स लगायतका एक सय बढी स्टल रहेको क्यान रुपन्देहीका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल९क्यान० महासंघको शाखा रुपन्देहीले आठौं क्यान इन्फोटेक २०१९ बुटवलमा आयोजना गरेको हो । सन् १९९२ मा स्थापना भएको क्यान महासंघले स्थापनाको तिन वर्षपछि सन् १९९५ देखि काठमाण्डौंमा आयोजना गर्दै आएको क्यान इन्फोटेकलाई केहि वर्ष देखि जिल्ला स्तरमा र यो बर्ष देखि प्रादेशिक रुपमा देशको सातै वटा प्रदेशको अस्थायी राजधानीहरुमा सञ्चालन गरेको हो ।

कम्प्युटर एशोसिएसन नेपाल महासंघ रुपन्देही शाखाले सन् २००२ देखी नै सुूचना प्रविधि सम्बन्धि जानकारी सर्वसाधारण सम्म पु¥याउने र लुम्बिनीलाई सूचना प्रविधि ग्रामको रुपमा विकास गर्ने लक्ष्य अनुरुप सन् २००२, २००५, २००७, २००९, २०११, २०१७ र २०१८ मा सूचना प्रविधि सम्बन्धि मेला क्यान इन्फोटेक सम्पन्न गरी सकेको छ । र यो आठौं संस्करण हो ।
फाल्गुन ७ गतेुम्म बुटवल मण्डपमा जारी रहने इन्फोटेक अवलोकनका लागि सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोध सहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क रु ५० विद्यार्थीहरुलाई रु २५ तोकिएको छ ।