युवा किसान पार्टी नयाँ शक्तिमा समाहित

प्रकाशित मिति:

बुटवल / नेपाल युवा किसान पार्टी रुपन्देहीको सिंगो कमिटि नयाँ शक्ति पार्टी नेपालमा समाहित भएको छ । शनिवार भैरहवामा भएको एक कार्यक्रमा युवा किसान पार्टीका रुपन्देही अध्यक्ष सफि उल्लाह मुसलमान, उपाध्यक्ष ईश्वरचन्द हरिजन, सचिब रामनारायण प्रसाद लोध सहित किसान पार्टी रुपन्देहीको २१ सदस्य कमिटि नै नयाँ शक्तिमा समाहित भएको हो । पार्टी प्रवेश कर्याक्रममा बोल्दै किसान पार्टीका रुपन्देही अध्यक्ष सफि उल्लाह मुसलमानले देशमा राजनीतिक क्रान्ति पुरा भएकाले देशलाई आर्थिक समृद्धिमा लैजान सक्ने स्पष्ट भिजन भएकाले आफूहरु नयाँ शक्तिमा प्रवेश गरेको बताए ।

त्यस्तै उपाध्यक्ष ईश्वर चन्द हरिजनले नयाँ शक्तिले हिमाल, पहाड, तराई र मधेशलाई समान व्यवहार गरेकाले प्रवेश गरेको बताए । पार्टी प्रवेश कार्यक्रममा बोल्दै नयाँ शक्ति, नेपाल पार्टीका प्रदेश नं. ५ का संयोजक कमल खनालले राजनीतिक अधिकार प्राप्त भएकाले अबको युग भनेको बिकास र समृद्धिको भएको बताउँदै नेपाललाई बिकास र समद्धिमा लैजान सक्ने भिजन अन्य पार्टीमा नभएको दाबी गरे ।

पार्टी प्रवेश कार्यक्रममा नयाँ शक्ति प्रदेश नं. ५ का संघठन बिभाग प्रमुख यज्ञ पोख्रेल, राजनितिक संवाद संयोजक नारायण खनालले भनाई राखेका थिए । कार्यक्रममा संरक्षक परिषद सदस्यहरु शोभाकान्त नेपाल, ओम प्रकाश बि.क, प्रचार प्रसार बिभाग प्रमुख भुवन पौडेल र युवा नेता ऋषि पाठक लगायतले आआफ्ना भनाई राखेका थिए । कार्यक्रमको संचालन एवं अध्यक्षता नयाँ शक्ति पार्टी रुपन्देहीका संयोजक किस्मत बि.क ले गरेका थिए । सोही कार्यक्रममा बहुजन शक्ति पार्टीका रुपन्देही जिल्लाका सदस्य पनि नयाँ शक्तिमा प्रवेश गरेको प्रचार प्रचार बिभाग प्रमुख भुवन पौडेलले बताए ।