मालारानी गाउँपालिकामा चट्याङ लागेर एक जनाको ज्यान गयो

५ फाल्गुन २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
12 Shares


अर्घाखाँची – मालारानी गाउँपालिकामा शनिबार राति चट्याङ लागेर एक जनाको ज्यान गएको छ । दुईजना गम्भीर घाइते भएका छन् ।मालारानी गाउँपालिका– ८ हंसपुरको बिजुरेमा चट्याङ लागेर स्थानीय २६ वर्षीय बाबुराम अधिकारीको ज्यान गएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी दिनुभयो ।

चट्याङ लागेर अचेत अवस्थामा रहेका अधिकारीको उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क ल्याउँदै गर्दा बाटोमै निधन भएको हो । घाइते २ जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको छ ।यस्तै, चट्याङ लागेर मालारानी–९ को गोखुंगामा स्थानीय कविराम पौडेलको दुईवटा बाख्रा मरेको स्थानीय इन्द्र रेग्मीले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया