आज प्रदोषव्रत, महिमा सहित हेर्नुहोस् आजको दिन २०७५ फागुन ५ गते

प्रकाशित मिति:

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल फागुन महिनाको ५ गते अाइतबार   हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । शिशिर ऋतु अन्तर्गत माघ शुक्लपक्षको त्रयोदशी तिथि विहान राति २।३२ बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । पुनर्वसु नक्षत्र दिवा २।१३ बजेसम्म रहनेछ । यसैगरी आज आयुष्मान योग र कौलव करण रहेको छ । यसैगरी आज सूर्योदय ६।४२ मा छ भने सूर्यास्त बेलुका ५।५५ बजे हुनेछ ।

चन्द्रमा आज मिथुन राशिमा छन् । आज प्रदोषव्रत परेको छ । आजको सन्ध्याकालीन समय दोषयुक्त रहने भएकाले शिवजीकोे मात्र उपासना शुभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् 
९८४१०१२२०३,९ ८०८२११२०५