मान्छे हात लिने उपाय के हो ? हेर्नुहोस् आजको नीति वचन

लुब्धमर्थेन गृह्णीयात्स्तब्धमञ्जलिकर्मणा ।
मूर्खश्छन्दानुरोधेन यथार्थवादेन पण्डितम् ।। – चाणक्य लोभी व्यक्तिलाई धन दिएर, अहंकारी लाई हात जोडी प्रार्थना गरेर, मूर्खलाई उपदेश दिएर र सज्जनलाई यथार्थकुरा बताएर आफ्नो बशमा लिन सकिन्छ ।
व्यक्तिको पहिचान गरी सोही अनुसारको व्यवहार गर्नाले व्यक्ति आफ्नो वशमा ल्याउन सकिन्छ । यसका लागि व्यक्तिको अवस्थिति भने जान्नु जरुरी हुन्छ । लोभी व्यक्तिलाई वशमा लिने एकमात्र उपाय धन हो । धनकै लोभमा परेर व्यक्ति आफ्नो बन्न सक्छ र काम लिन सकिन्छ । यसैगरी अहंकारी प्रवृत्तिभएका व्यक्तिलाई हातजोडी अनुनय विनय गर्दै उसैको बढाई चढाई गरी काम हात लिन सकिन्छ । यसैगरी मूर्खलाई उपदेश दिएर र सज्जनलाई यथार्थको जानकारी गराएर हातमा लिन सकिन्छ भन्ने नीति वचन मननीय छ । – नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –
फेसबुकबाट तपाईको प्रतिक्रिया