आजको दिन

प्रकाशित मिति:

आज विक्रम संवत् २०७५ साल फागुन महिनाको ५ गते आइतबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । शिशिर ऋतु अन्तर्गत माघ शुक्लपक्षको त्रयोदशी तिथि विहान राति २.३२ बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । पुनर्वसु नक्षत्र दिवा २.१३ बजेसम्म रहनेछ । यसैगरी आज आयुष्मान योग र कौलव करण रहेको छ । यसैगरी आज सूर्योदय ६.४२ मा छ भने सूर्यास्त बेलुका ५.५५ बजे हुनेछ । चन्द्रमा आज मिथुन राशिमा छन् । आज प्रदोषव्रत परेको छ । आजको सन्ध्याकालीन समय दोषयुक्त रहने भएकाले शिवजीकोे मात्र उपासना शुभ रहनेछ ।