जनसञ्चार अभियानले थपेको उर्जा : प्रकाश डुम्रे

प्रकाशित मिति:

प्रकाश डुम्रे,नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट पत्रकारहरुको संगठन क्रान्तिकारी पत्रकार संगठन नेपालले देशभर सञ्चालन गरेको जनसञ्चार अभियानले एकपटक मानवअधिकारकर्मि, कानुन व्यवसायी, बुद्धिजीवी, ब्यापारी व्यवसायी, सरोकारवाला सबैको ध्यानाकर्षण गरेको महशुस हामीलाई भएको छ । राज्य पक्षबाट न्युनतम मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई अङकुस लगाउने प्रयास भईरहेको बेला क्रान्तिकारी पत्रकारहरु मेची देखि महाकाली सम्म विभिन्न जिल्लामा मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बहस एवम् अन्तरक्रिया लिएर पुग्नु आफैमा समयसापेक्ष हामीले ठानेका थियौ ।राज्य पक्षबाट विचार र आस्थाकै आधारमा विभिन्न राजनीतिक दलका नेता एवम् कार्यकर्ता र नागरिक लाई जुन ढंगले दमन भईराखेको थियो यो अवस्थामा क्रान्तिकारी पत्रकारहरुले यो अभियान छेडनु पर्छ भन्ने बोधका साथ संगठनको दाङमा सम्पन्न पहिलो बैठकको निर्णय अनुसार देशभर बहस चलाउने निर्णय गरेका थियौं ।सरकार पक्षबाट विभिन्न मिडिया बिरोधि निति र ऐन बन्दै जानु र हाम्रो मातृ पार्टी प्रति विभिन्न ढंगका दमन र हस्तक्षेप बढाउदै लगेको अवस्थामा हामीले एक पटक देशका विभित्र जिल्लामा सविधानले नै प्रदत्त गरेको अधिकार प्रयोग गर्दै नागरिकले आफ्ना कुराहरु राख्न पाउने, भन्न पाउने, विना हातहतियार शान्तिपूर्ण तरिकाले भेला हुन पाउनु पर्छ, संगठन खोल्न पाउनु पर्छ ।आफ्ना कुरा जनतालाई भन्न पाउनु पर्छ भन्ने उदेश्यका साथ हामीले विभिन्न सरोकारवाला निकायहरु संग अन्तरक्रिया चलायौ । दाङको घोराही बाट शुरु गरिएको हाम्रो अभियान देशका विभिन्न जिल्लामा पुगेर सरोकारवाला सबै पक्ष संग गम्भीर बहस एवम् छलफल गरेका थियौ ।अभियानका शिलशिलामा बलत्कार पछि हत्या गरिएकि कञ्चनपुरकि निर्मला पन्तको घरमा पुगि परिवारको अवस्था बारे समेत हाम्रो संगठनले जानकारी लिएको थियोे भने निर्मला पन्तको आमालाई कञ्चनपुरको महेन्द्रनगरमा एउटा कार्यक्रम आयोजना गरि उनले नपाएको न्याय बारे कञ्चनपुरका राजनीतिक दल, मानवअधिकारकर्मि, पत्रकार एवम् सरोकारवाला सबै पक्ष संग महत्त्वपूर्ण छलफल साथै दबाब सिर्जना गर्ने काम हाम्रो संगठनको जनसञ्चार अभियान टिमले गरेको थियोे ।देशमा दुई तिहाइको कम्युनिस्ट पार्टीको सरकार थियोे तर बिडम्बना कर्मचारी सडकमा, चिकित्सक सडकमा,प त्रकार सडकमा, अधिकारकर्मि सडकमा, ड्राइभर सडकमा, विधार्थीहरु सडकमा, विभिन्न पेशागत संघ संगठनहरु सडकमा थिए । अधिकार रक्षाका सवाल र सरकार पक्षबाट भएका गलत र पेशा वा स्वतन्त्रता बिरोधि कदमका बिरुद्ध सडकमा नै थिए ।यति मात्रै होइन हाम्रो मातृ पार्टीका विभिन्न स्तरका नेताहरु हिरासतमा हुनुहुन्थ्यो भने कतिपय नेताहरूलाई राज्यले पकाउ पुर्जी जारी गरेको थियोे । सरकारले अदालतको निर्णयलाई समेत अटेरी गरि पटकपटक पक्राउ गरि विभिन्न जिल्लामा घुमाउने क्रम जारी थिए भने नेकपा सम्बद्ध जनवर्गीय संगठनहरु पेशागत संगठनहरुका नेता एवम् कार्यकर्ता लाई विभिन्न बहानामा पक्राउ गर्ने र विभिन्न खालका मुद्दा लगाउने काम भईरहेको थियोे ।हामीले दाङ, कञ्चनपुर, कैलाली, बाके, सुर्खेत, रुपन्देही, कास्की, चितवनका विभिन्न पक्ष सँग बहस छलफल र अन्तरक्रिया कार्यक्रम पछि काठमाडौंमा सबै पक्षलाई समेटेर बृहत अन्तरक्रियात्मक बहस सम्पन्न गरिउँ ।काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग, नेपाल बार यसोसियसन, नेपाल पत्रकार महासंघ, विभिन्न कानुनी व्यवसायी हरु, ईन्सेक, मानवअधिकार तथा शान्ति समाज, राजनीतिक दल लगाएत पक्ष संग पछिल्लो समयमा सरकार पक्षबाट भए गरेका राजनीतिक एवम् पेशागत दमन र हस्तक्षेप बारे घनिभुत बहस एवम् छलफल गरिउँ ।

काठमाडौंमा पश्चात् हामी पुर्वि नेपालका विभित्र जिल्लामा मानवअधिकार तथा प्रेस स्वतन्त्रताको बहस लिएर गयौं जनकपुर, सिन्धुलि, ताप्लेजुङ, झापा, मोरङ लगाएतका विभिन्न जिल्लामा कानुनले प्रत्याभूत गरेको अधिकार प्रयोग गरेर विभिन्न गतिविधि र कार्यक्रम गर्दा समेत राज्य पक्षबाट निरङ्कुस कदम चालिनु गलत भएको टिप्पणी धेरै सरोकारवाला पक्षबाट आउथ्यो ।यसले हामीलाई देशभर गरेको अन्तरक्रिया र बहसमा सबै पक्षले उठाएका बिषय लाई टिपोट गरि हामीले राष्ट्रिय मानवअधिकार आयोग लगाएत सरोकारवाला पक्षलाई नेपालको मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था कमजोर नै रहेको विभिन्न वक्ताहरुले गरेको टिप्पणीको आधारमा र देशभर घटेका घटनाहरुलाइ लिएर जानकारी समेत गरेका थियौ ।हाम्रो अभियान टिमले विभिन्न जिल्लामा मिडिया र मिडियाकर्मिले भोग्नु परेका विभिन्न पेशागत समस्याहरुका बारेमा समेत बुझ्दै सरोकारवाला पक्षसँग त्यो बारेमा छलफल गर्दै अभियान सञ्चालनको क्रममा मोफसलका मिडियाकर्मि र मिडियाहरुमा अन्गिन्ती समस्याहरु रहेको हाम्रो मुलभुत निष्कर्ष थियो ।पत्र पत्रिकामा दिईने विज्ञापनको स्पष्ट निति नहुनको कारण पनि धेरै मिडियाहरु खुल्ने तर चल्न नसक्ने भएपछि बन्द गर्नु पर्ने बाध्यतामा धेरै मिडियाहरु पाईन्छन ।महिला पत्रकारहरुका पिडाहरु पनि धेरै थिए तसर्थ हामीले जुन अभियान सञ्चालन गरिउँ । यसले धेरै पक्षलाई समेटेर एकपटक राष्ट्रिय रुपमा मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था र मिडियाले भोग्नु परेका अन्य समस्याहरुको बारेमा सरोकारवाला पक्षसँग साच्चिकै गम्भीर र महत्त्वपूर्ण बहस भएको छ ।

अभियान एवम् अन्तक्रिर्यामा कतिपय जिल्लामा पत्रकार महासंघले समेत आफ्ना कुराहरू राख्ने बलियो फोरम नपाएको अवस्थामा हाम्रो संगठनले आयोजना गरेको कार्यक्रममा आएर प्रेस जगतका बिषय राखेको हामीले अनभुत गरेका थियौ ।हामीले अभियानका क्रममा औपचारिक र अनौपाचिरक रुपमा झण्डै ४० जिल्लामा बहस, छलफल अन्तक्रिर्या गरिउँ । झण्डै सयौं वक्ताका कुरा सुनिउँ र उहाँहरुका कुराहरुदाई टिपोट गर्दै छलफल समेत अगाडि बढाइउँ । कार्यक्रममा मानवअधिकारकर्मि, पत्रकार, मिडिया सञ्चालक, व्यवसायी, शिक्षक, प्रध्यापक, बुद्धिजीवी सबै पक्ष संग अत्यन्तै महत्त्वपूर्ण छलफल र बहश भएको छ ।साथै राज्य पक्षबाट विभिन्न मिडिया बिरोधि कामहरु भईरहेको विभिन्न जिल्लामा बिषय उठ्ने गर्थे हामीले सरकारले चालेको मिडिया बिरोधि कदमको डटेर बिरोध गर्न सबैलाई अनुरोध समेत गर्दै अगाडि बढिउँ ।अभियान संगसगै संगठनको बुटवलमा सम्पन्न दोस्रो बैठक पछि हामी जनपक्षीय पत्रकारीता बारे नयाँ बहस गर्ने उदेश्यका साथ दोस्रो अभियान ठोस गरिउँ कर्णालीको कालिकोट बाट दोस्रो चरणको कार्यक्रम सुरु गरिउँ । कर्णालीका कालिकोट, हुम्ला, जुम्ला, मुगु लगाएतका कतिपय पत्रकार साथीहरू संग झण्डै एकहप्ता कालिकोटको रास्कोटमा जनपक्षीय पत्रकारिता बारे घनिभुत बहस र छलफल गरिउँ ।हाम्रो जनसञ्चार अभियान दैलेख, सुर्खेत, दाङ, सल्यान, रोल्पा हुदै धेरै जिल्लामा पुग्यो र कतिपय जिल्लामा जाने तयारीमा छौँ । यसले साच्चिकै सबै पक्षबाट बिषयबस्तु गम्भीरताका साथ उठान भएको छ भने एकपटक मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिरोधि कदमका बिरुद्ध एउटा सचेत समुदाय एकजुट हुने अठोट देखिएको छ । यसले हाम्रो संगठन र अभियान टिमलाई साच्चिकै उर्जा थपेको छ ।

लेखक : क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष हुन् ।