कांग्रेस निकट कानुन व्यवसायीले छाने बार नेतृत्वका लागि उम्मेदवार

प्रकाशित मिति:

काठमाडौं– नेपाल बार एसोसियसनको नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा नेपाली कांग्रेस निकट कानुन व्यवसायीले आफ्ना उम्मेदवार चयन गरेका छन्। आगामी चैत १६ गतेका लागि तोकिएको निर्वाचनका लागि नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनको तर्फबाट अधिवक्ता सुनिल कुमार पोखरेल अध्यक्षको प्रत्यासी बनेका छन्।

यस्तै महिला उपाध्यक्षमा अधिवक्ता कविता थापा कार्कीलाई उम्मेदवारको रुपमा चयन गरिएको छ। प्रत्येक प्रदेशबाट एक जनाका दरले थप ७ उपाध्यक्ष चुनावी मैदानमा उत्रिएका छन्। प्रदेश १ बाट डिल्ली बहादुर कार्की, प्रदेश २ बाट सुधिर कुमार कर्ण, प्रदेश ३ बाट राजेश्वर अधिकारी, गण्डकी प्रदेशबाट निरन्जन लाल भण्डारी, प्रदेश छ ५ बाट सुनिल कुमार श्रेष्ठ, कर्णाली प्रदेशबाट उत्तम आचार्य र सुदूरपश्चिम प्रदेशबाट ठेकेन्द्रराज जोशी उम्मेदवार बनेका छन्।

त्यस्तै महासचिवमा लिलामणि पौडेल र कोषाध्यक्षमा तेजबहादुर रावललाई उम्मेदवार बनाइएको छ। आरक्षणका कोटाहरुसहित १४ जना सदस्यका लागि पनि एसोसियसनले उम्मेदवारको नामावली सार्वजनिक गरेको छ।

उम्मेदवारकाे सूची-