टेम्पो यातायातको सेवा पञ्जिकृत

५ फाल्गुन २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया


सरकारले लागु गरेको नियम अनुसार रुपन्देहीमा तिनाउ टेम्पो यातायात प्रालिलाई सेवा सञ्चालनका लागि यातायात व्यवस्था कार्यालय सवारी रुपन्देहीले स्वीकृति दिएको छ । प्रदेश ५ सरकार,भौतिक पुर्वधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय रुपन्देहीले गत माघ १४ गते कार्यालयको अनुमतिपत्र नंं २०७ मा प्रालिका १८ वटा टेम्पोको सेवा पञ्जिकृत गरिदिएको हो । प्रालिका अध्यक्ष महेन्द्र श्रेष्ठले सानो लगानी र स्वरोजगार मजदुर भएपनि सरकारको नीति निर्देशन अनुसार रुपन्देहीमा पहिलोपटक टेम्पो यातायातलाई प्रालिमा दर्ता गरेर सेवा सञ्चालनको अनुमति पाएको बताए । प्रालिका सञ्चालक बागबहादुर बुढा मगरले राज्यले तोकेका मापदण्डअनुसार घरेलु तथा साना उद्योग कार्यालय,यातायात व्यवस्था कार्यालय, आन्तरिक राजस्व कार्यालय र कम्पनि रजिष्टार कार्यालयमा दर्ता भएकाले सेवा सञ्चालनमा ट्राफिक प्रहरी र प्रहरी प्रशासनबाट अवरोध नगरिदिन आग्रह गरेका छन् । अर्का संचालक डम्बर बुढाथोकीले निकट भविष्यमै चालकहरुका लागि प्रशिक्षण आयोजना गरिने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया