कोलकाता बन्दरगाहबाट नेपाल आउने कार्गो अब इलेक्ट्रिक ट्रयाकिङ्ग सिस्टममा

प्रकाशित मिति:

नयाँ दिल्ली –  भारतले कोलकाताबाट नेपाल जाने कार्गोमा  ‘इलेक्ट्रिक ट्रयाकिङ सिस्टम’ प्रयोगमा ल्याएको छ ।  त्यसले सीमा क्षेत्रको औपचारिकतालाई सामान्यीकरण गर्नुका साथै समयको समेत बचत हुने जनाइएको छ । यसैगरी कार्गोको सुरक्षालाई बजबुत पार्नुका सार्थै दुईपक्षीय व्यापारलाई अझ सुदृढ गर्ने जनाइएको छ ।

इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ्ग सिस्टम(इसीटीएस)को प्रयोग अप्रत्यक्ष कर र भन्सार सम्बन्धी केन्द्रीय विभागले गएको शुक्रबारदेखि लागु गरेको जनाइएको छ । नेपाललाई पारवहन सुविद्या सरलीकृत गर्नका लागि यो प्रणाली लागु गरिएको भारत सरकारका तर्फबाट जानकारी दिइएको छ । यो खालको प्रणाली बिशाखापट्टनम बन्दरगाहमा अगष्ट २०१८ देखि नै लागु गरिएको थियो । (हिन्दुस्तान टाइम्सबाट)