सभामुख र उत्तर कोरियाली राजदूतको भेटबारे अमेरिकाको जवाफः ‘इन्ट्रेस्टिङ न्यूज’

प्रकाशित मिति:

काठमाडौं – सभामुख कृष्ण बहादुर महरा र नेपालका लागि उत्तर कोरियाली राजदूतको भेटवार्ता अमेरिकी राजदूत र्याण्डी डब्लु बेरीले ‘इन्ट्रेस्टिङ न्यूज’ अर्थात चाखलाग्दो खबर भएको प्रतिक्रिया दिएका छन् ।शुक्रबार एक ट्विट गर्दै राजदूत बेरीको त्यो ट्वीटमा उनले लेखेका छन्, ‘चाखलाग्दो खबर, राष्ट्रसंघीय सुरक्षा परिषदले उत्तर कोरियालाई विदेशमा कुनै पनि व्यावसायिक तथा नाफामूलक उद्यम सञ्चालन (बिजनेस भेन्चर) गर्न निशेध गरेको छ ।’

यो ट्विटका साथ राजदूत बेरीले उत्तर कोरियासम्बद्ध जस्तो लाग्ने ‘एनकेन्यूजडटओआरजी’ नामक अनलाइनपोर्टलमा प्रकाशित खबरको वेब लिंक पनि सेयर गरेका छन्, जसमा सभामुख कृष्णबहादुर महरा र गृहमन्त्री रामबहादुर थापा (बादल) सँग कार्यभार सम्हाल्न अघिल्लो महिनामात्र नेपाल आएका उत्तर कोरियाली राजदूत जो योङ्ग म्यानले गरेको भेटघाट उल्लेख छ ।

खबरअनुसार सभामुख महरा र गृहमन्त्री थापासँगको भेटमा राजदूत जोले उत्तर कोरियाले नेपालको जलविद्युत र कृषिको क्षेत्रमा लगानी गर्न खोजेका थिए । राजदूतले नेपाल र उत्तर कोरियाका अलावा भगिनी सम्बन्ध स्थापना गरेका दुई देशका शहरहरुबीचको सम्बन्धलाई अझ मजवुत बनाउन चाहेको उल्लेख गरेका गरेका थिए ।

राजदूत बेरीको उक्त भनाइले नेपालले को–को सँग कस्तो सम्बन्ध स्थापित गर्न खोज्दै छ भन्ने स्पष्ट देखाउँछ । भेनेजुयला प्रकरणबारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विज्ञप्तिलाई विषयलाई लिएर सरकारसँग अमेरिकाले आधिकारिक धारणा मागेको थियो । सरकारसँग रुष्ट बनेको अमेरिका–नेपाल सम्बन्ध चिसिएको महसुस गर्दै गर्दा राजदूत बेरी प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । भेटमा अध्यक्ष प्रचण्डलाई अमेरिकाले भ्रमणको निम्तो दिएको थियो ।