सगरमाथाद्वारा गाँउनगर सरसफाई कार्यक्रम

५ फाल्गुन २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
213 Shares


झविन्द्र देवकोटा ,बुटवल/रुपन्देहीको देवदहमा रहेको सगरमाथा आवासिय माध्यमिक विद्यालयले आफ्नो रजत महोत्सवको अवसर पारेर गाँउनगर सरसफाई कार्यक्रम गरेको छ । विद्यालय क्षेत्रभित्र र क्षेत्र बाहिर रहेको शित्तलनगरका विभिन्न स्थानमा विदालयले आईतबार सरसफाई गरेको हो । विद्यार्थी, अभिभावक तथा शिक्षक संलग्न समुहले गाउँनगर सफा राखौ, स्वस्थ्य बनौ भन्दै सरसफाई कार्यक्रम गरेको हो ।

सोही अवसर पारेर विद्यालय क्षेत्र प्रवेश गर्ने मार्ग सफा राख्नका लागि स्थानीय सगरमाथा पथ निर्माण समितिलाई आधा दर्जन डस्टवीन समेत वितरण गरेको छ । विद्यालयका प्रिन्सिपल कृष्ण प्रसाद पौडेलले निर्माण समितिका अध्यक्ष सित्तलसिंह रजालीलाई डस्टवीन हस्तान्तरण गरेका हुन् । यस्तै रजत जयन्तिको अवसरमा विद्यालयले विगत एक सातादेखि विभिन्न रचनात्मक कार्यक्रमलाई जारी राखेको छ । विद्यालयले आईतबार विद्यालय प्रांगणमा अभिभावक, शिक्षक विच घैटोफोड, कुर्चि दौड लगायतका कार्यक्रम समेत गरेको छ । महिला अभिभावकबीचमा गरिएको कुर्चिदौड प्रतियोगितामा रिता खरेल प्रथम, सिता पाण्डे द्वितीय र सिता भण्डारिले तृतीय स्थान हासिल गरेका छन् ।

यस्तै अभिभावक विचमा भएको घैटोफोडमा बालकृष्ण खरेल विजय भए भने शिक्षक कर्मचारीमा संशेर गुरुङ्ग विजयी भएको विद्यालयका सहायक प्राचार्य लेखनाथ काफ्लेले जानकारी दिए । सगरमाथाले आफ्नो २५ औं स्थापना दिवसको अवसर पारेर मनाएको रजत महोत्सव अन्तरगत सोमबार पुरस्कार वितरण तथा फागनु ७ गते मंगलबार मुल समारोहका साथ समापन गर्ने कार्यक्रम रहेको विद्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • पश्चिम नवलपरासीमा ११ जनाको आरडिटि रिपोर्ट पोजेटिभ
  • चुनौतीलाइ चाङ पन्छाउदै अघि बढ्दै सियारीका प्रेम पन्थि : कृषी…
  • रुकुम हत्याकाण्डका दोषीलाई कारवाही नहुदा सम्म खवदारी जारी रहन्छ :…
  • संविधान संशोधनका पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय
  • अमेरिकाका दर्जनौं शहरहरूमा हिंसा भड्किएसँगै सैन्य प्रहरी तैनाथ
  • आज मात्र थप १८९ जनामा कोरोनाको संक्रमण पुष्टि,भएसंगै संक्रमितको संख्या…
  • क्वारेन्टिनमा बसेकी बाजुराकी महिलाले बच्चा जन्माईन
  • किसानको तरकारी नगरपालिकाबाट खरिद बिक्री
  • क्वारेन्टाइन बसेर घर जाने प्रवासीलाई सित्तैमा कण्डम
  • स्कुल अफ डेमोक्रेसीको संरचना प्रदेश र जिल्ला तहमा ! गण्डकी…