आदर्श मावी मा वक्तृत्वकला प्रतियोगिता सम्पन्न,

प्रकाशित मिति:

नवलपरासी/पश्चिम नवलपपरासीमा अवस्थित सरावल गाउपालिका स्तरिय शिक्षा शाखाको आयोजना तथा हरि ईट्टा उद्योगको प्रायोजनमा आइतबार शिक्षा, धर्म, सस्कृती र चौरासी पुजा भन्ने शिर्षकमा वक्तृत्वकला प्रतियोगिता आदर्श मावी सरावल १ को विद्यालय प्रंगाणमा सम्पन्न भएको छ । विदयालय ब्यस्थापन समितिका अध्यक्ष देवराज चौधरीको अध्यक्षता तथा शाखा प्रमुख पशुपति भट्राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्राईले यस किसिमको प्रतियोगिताले गर्दा विद्यार्थीहरुमा लुकेर रहेका प्रतिभाहरु बाहिर ल्याउन सकिने भन्दै यस किसिमको प्रतियोगिताहरु सबै सामुदायिक तथा सस्थागत विद्यालयले आयोजना गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा विद्यालय ब्यवस्थापन समितसिका अध्यक्ष देवराज चौधरी, विद्यालयका प्रअ देव नारायण चौधरी, शिक्षक टोप प्रसाद देवकोटा लगाएतले मन्तब्य राख्नुभएको थियो । सो अवसरमा प्रतियोगितामा सामुदायिक ५ र सस्थागत ३ वटा गरि ८ वटा विद्यालयको उपस्थिती रहेकोमा बसन्त मावी बासाबसहीकी छात्रा अनिता गौडेल प्रथम, आदर्श मावी खोखरपुराकी छात्रा रत्नाकुमारी राय द्धितिय र बसन्तपुर जेनिथ ईग्लिश बोर्डिंग स्कुलका छात्र कशिष भण्डारी तृतिय भएको विद्यालय प्रअ देवनारायण चौधरीले जानकारी दिनुभएको छ । प्रतियोगिताबाट प्रथम हुनेलाई नगद रु २० हजार, द्धितिय हुनेलाई नगद रु १० र तृतिय हुनेलाई नगद रु ५ हजार पुरस्कार प्रदान गरिएको चौधरीले जानकारी दिनुभयो ।

सो अवसरमा विभिन्न समुदायिक तथा सस्थागत विद्यालयका विद्यार्थी, शक्षिक, शिक्षिका, अभिभावक,विद्यालय ब्यवस्थापन समितिका सदस्य लगाएतको उपस्थिती रहेको थियो । विद्यालयका प्रअ देवनारायण चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक टोप प्रसाद देवकोटाले गर्नुभएको थियो । हरि ईट्टा उद्योगका सञ्चालक हरि नारायण श्रेष्ठको आमाको यही फागनु ७ गते परेको चौरासी पुजाको अवसर पारि सो कार्यक्रमको आयोजना गरिएको र फागुन सात गते चौरासी पुजाका दिन शिक्षा, धर्म र सस्कृती भन्ने शिर्षकमा जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरि र सो प्रतियोगितामा पश्चिम नवलपरासीको प्रत्येक स्थानिय तहको सामुदायिक तथा सस्थागत विद्यालयबाट ३, ३ जना गरि जिल्लाको सात वटै स्थानिय तहका सामुदयिक तथा सस्थागत विद्यालयका २१ जना विद्यार्थीहरु सहभागि हुने विद्यालयले जानकारी दिएको छ ।

सो प्रतियोगितामा सो प्रथम हुनेले नगद रु ५० हजार, द्धितिय हुनेले नगद रु ३० हजार र तृतयि हुनेले नगद रु २० हजार सहित प्रमाण पत्र समेत प्राप्त गर्ने विद्यालयले जानकारी दिएको छ ।