क्यान ईन्फोटेकको तेस्रो दिन ,उद्योगमन्त्री लिला गिरी र प्रदेश सभा सदस्य दधिराम न्यौपानेद्धारा अवलोकन

प्रकाशित मिति:

अन्तरमावि विद्यालय नृत्य प्रतियोगीतामा प्यारामाउण्ट प्रथम
कम्प्युटर एशोसीयशन महासंघ ९क्यान० रुपन्देहीको आयोजनामा बुटवलमा जारी स्टार्टअप वाईटेक क्यान ईन्फोटेक सूचना प्रविधिसम्बन्धी प्रर्दशनी मा आईतबार प्रदेश नम्बर ५ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले अवलोकन गरेका छन् । प्रर्दशनीको तेस्रो दिन मन्त्री लिला गिरी संगै प्रदेश सभा सदस्य दधिराम न्यौपाने९माधव शर्माले० समेत अवलोकन गरेका हुन । क्यान ईन्फोटेक अवलोनक पश्चात मन्त्री गीरीले स्थायी प्रकृतिको प्रर्दशनी स्थलको आवश्यकता महसुस गरिएको बताए । उनले सोही अनुसार प्रदेश सरकारले नै अहिले बुटवल मण्डपमा स्थायी प्रकृतिको प्रर्दशनी स्थल बनाउने कार्य समेत अगाडी बढाएको बताए । सूचना तथा प्रविधी सम्बन्धी प्रर्दशनीको लागि अझ बढि स्थायी प्रकृतिको प्रर्दशनी स्थल आवश्यक रहेको उनले बताएका हुन ।  सबै स्टलहरुको अवलोकन गरेका मन्त्री गिरीले दांग जिल्लाका विद्यार्थीहरुले लाईफाई टेक्नोलोजीको विषयमा विशेष चासो व्यक्त गरे । अहिलेको वाईफाई भन्दा १०० गुण बढि क्षमता भएको लाईफाई लाई विस्तार गर्नको लागि प्रदेश सरकारले पहल गर्ने समेत बताएका थिए । उनले नयाँ नयाँ प्रविधिको सुरुवात भएसंगै विकास भएका प्रविधिलाई आत्मसाथ गर्दै आगाडी बढ्नुपर्ने समेत बताए । क्यान ईन्फोटेकको तेस्रो दिन भएको एक्पर्ट अन्तर विद्यालय लोक नृत्य प्रतियोगीत सम्पन्न भएको छ । सामुदायिक र संस्थागत विद्यालयहरुको उल्लेखनिय सहभागीता रहेको प्रतिपष्र्धाबाट प्यारामाउन्ट ईंगलीस बोर्डींग स्कुल प्रथम भएको छ ।

यस्तै द्धितियमा तिनाउ ईंलीस बोर्डींग स्कुल भएको छ । यस्तै तृतिय स्थानमा स्कलर्स होम बोर्डींग स्कुल भएको छ, यस्तै सान्तव्ना स्थानमा न्यु होराईजन ईंगलिस बोर्डींग स्कुलले हात पारेको छ । अतिरिक्त क्रियाकलपा संयोजक संयोजक माधव अर्यालका अनुसार विजयी विद्यार्थीहरु लाई नगद सहित आर्कषक पुरस्कार प्रदान गरिएको थियो । संयोजक अर्यालका अनुसार प्रथम १० हजार, दोस्रो ७ हजार, तेस्रो टिमले ५ हजार र सान्तव्ना टिम लाई ३ हजार नगद सहित, प्रमाणपत्र र आर्कषक पुरस्कार प्रदान गरिने छ । जुन क्यान ईन्फोटेक समापनको दिन फगुन ७ गते वितरण गरिने छ । क्यान ईन्फोटेकको चौथो दिन अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगीता हुने छ । भने सोही दिन नै पब्लिक स्पीगर सिजन २ का विजेता रमेश प्रशाई को विशेष प्रस्तुती रहने छ । यस्तै गायिका विद्या तिवारी, तेजेन्द्र गन्र्धव, शुसिल आचार्य लगायतको विशेष प्रस्तुती रहने क्यान रुपन्देहीका सह सचिव तथा प्रसार प्रसार संयोजक सुरेश चन्द्र भटट्राईले जानकारी दिए ।

इन्फोटेकमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन, मोबाइल एसेसरिज, डिलर र डिस्ट्रिब्यूर्टस, टेलिकम्युनिकेसन, आइएसपी, सफ्टवेयर सोलुसन्स का साथै नेपाली वैज्ञानिक तथा विद्यार्थीहरुले निर्माण गरेका नयाँ प्रविधि लगायतका एक सय बढी स्टल रहेका छन् ।
ईन्फोटेकमा हरेक दिन टिकट काटेर प्रवेश गर्ने दर्शकको लागि एस।टी ग्रुपको तर्फबाट लक्की ड्रबाट एउटा ओटो मोवाईल प्रदान गर्दैै आएको छ । यस्तै माईक्रोटेक कम्प्युटर ले हरेक दिन एक जना दर्शकलाई के ७ टोटल सेकुरेटी उपलब्ध गराउदै आएको छ । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल क्यान महासंघको शाखा रुपन्देहीले आठौं क्यान इन्फोटेक २०१९ बुटवलमा आयोजना गरेको हो । कम्प्युटर एशोसिएसन नेपाल महासंघ रुपन्देही शाखाले सन् २००२ देखी नै सुूचना प्रविधि सम्बन्धि जानकारी सर्वसाधारण सम्म पु¥याउने र लुम्बिनीलाई सूचना प्रविधि ग्रामको रुपमा विकास गर्ने लक्ष्य अनुरुप सन् २००२, २००५, २००७, २००९, २०११, २०१७ र २०१८ मा सूचना प्रविधि सम्बन्धि मेला क्यान इन्फोटेक सम्पन्न गरी सकेको छ यो आठौं संस्करण हो ।फागुन ७ गतेसम्म बुटवल मण्डपमा जारी रहने इन्फोटेक अवलोकनका लागि सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोध सहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क रु ५० विद्यार्थीहरुलाई रु २० तोकिएको छ ।