काँग्रेस सांसदद्वारा संसदीय समिति बैठक बहिष्कार

प्रकाशित मिति:

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आइतबार पनि संसदीय सुुनुवाई समितिको बैठक बहिस्कार गरेको छ ।संवैधानिक आयोगमा सिफारिस पदाधिकारीको सुनुवाइको विषयमा छलफल गर्न बसेको बैठक काँग्रेस सांसदहरुले बहिस्कार गरेका हुन् ।

काँग्रेसले संवैधानिक परिषदले प्रक्रिया नपुर्‍याई विभिन्न पाँच संवैधानिक आयोगका अध्यक्ष सिफारिस गरेको भन्दै यसअघि पनि संसदीय सुनुवाइ समितिको बैठक बहिस्कार गरेको थियो । १५ सदस्यीय सुनुवाइ समितिमा नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने ४ जना सांसद छन् ।

काँग्रेसको बहिस्कारका बाबजुद आइतबार बसेको सुनुवाइ समितिको बैठकले प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा सिफारिस बालानन्द पौडेल र राष्ट्रिय समावेशी आयोगका अध्यक्षमा सिफारिस शान्तराज सुवेदीको फागुन ७ गते दिउँसो १२ बजे सुनुवाइ गर्ने निर्णय गरेको छ । सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले काँग्रेस सांसदहरु आफूलाई जानकारी नगराई अनुपस्थित भएको बताए । उनले फागुन ७ गतेको बैठकमा उनीहरुले बहिस्कार गरे पनि बहुमतले निर्णय गर्ने जानकारी दिएका छन् ।