बुटवलमा भिमसेन जात्रा सम्पन्न

प्रकाशित मिति:

श्री भिमसेन नेवा समाज र भिमसेन नेवा मयजुपुचको आयोजनामा भिमसेन रथ जात्रा सम्पन्न भएको छ । नेवार समुदायको संस्कृति जोगाईराख्ने उद्धेश्यले आयोजित कार्यक्रमका प्रमुख अतिथी प्रदेश न ५ का सामाजिक विकास मन्त्रि सुदर्शन बरालले ईतिहांसमा नेवार समुदायका अगुवाले संगठित गरेर पुर्याएको योगदानको कदर गर्दै अहिलेका पिढीले समुदायको कला, संस्कृति जोगाउन गर्ने हरेक कार्य प्रशंसनिय रहेको बताउनुभयो । वहांले हरेक समुदायको संस्कृति जगेर्ना गर्न र अघि बढाउन सोही समुदायका नागरिक लाग्नुपर्ने भन्दै संगठित भई अघि बढ्न सुझाउनुभयो ।समाजका अध्यक्ष लिला प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सभासद कमल श्रेष्ठ, बुटवल वडा न ३ का कार्यवाहक अध्यक्ष चिन बहादुर गुरुङ, नेवा सेवा समितीका संस्थापक अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठ, नेवा सेवा समितीका अध्यक्ष चिरन्जिवी श्रेष्ठ, दुर्गा पन्चायन मन्दिरका अध्यक्ष दुर्गा उपाध्याय, गणेश नेवा पुचका माधव श्रेष्ठ, पाल्पाली समाज नेपाल रुपन्देहीका महासचिव कमलराज वस्याल, नेवा सेवा समितीका महासचिव शारदा श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । भिमसेन मयजुपुचका अध्यक्ष धनु श्रेष्ठको स्वागत रहेको कार्यक्रमकोे संचालन संस्थाका महासचिव गोपाल श्रेष्ठले गर्नुभएको थियो । बुटवल वडा न. ३ का विभिन्न स्थानमा नाच गान र बाजा सहित नगर परिक्रमा गरेर रथ जात्रा मनाईएको हो । कार्यक्रममा उपस्थित सबैलाई नेवारी परिकार समेत चखाईएको थियो ।