सरकारले काम गर्न नसकेर विपक्षीलाई देखाउनु गलत भएको प्रतिपक्षी दलको आरोप

५ फाल्गुन २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया

prades no 5

सरकारले काम गर्न नसकेर विपक्षीलाई देखाउनु गलत भएको प्रतिपक्षी दलले आरोप लगाएको छ । प्रदेशसभामा विपक्षी दलका सांसद फकरुद्धिन खाँनले खुट्टा नकमाई काम गर्न प्रदेश सरकारलाई सुझाव दिएका छन् । संघीय सरकारले प्रदेश सरकारको अभिभावकत्व लिन नसकेको भन्दै कांग्रेस सांसद खाँनले संघीय सरकारबाट हस्तान्तरण हुने अधिकारहरुको प्राप्तीका लागि खुट्टा नकमाई काम गर्न प्रदेश सरकारलाई सुझाव दिए । कर्मचारी समायोजन र आवस्यक ऐन कानून नबनाएर संघीय सरकारले प्रदेशको अभिभावकत्व ग्रहण गर्न नसकेको उनको तर्क थियो । आइतबारको बैठकले प्रदेशसभामा पेश भएको प्रदेशखानी अन्वेषण र व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि स्रदेशसभाको अर्थ,उद्योग पर्यटन समितिमा पठाउने निर्णय गरेको छ । त्यसैगरी आइतबारकै प्रदेशसभा बैठकमा आन्तरीक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले पेश गरेको प्रदेश जाँचबुझ आयोग गठन तथा काम कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक र भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले पेश गरेको प्रदेश भवन निर्माण कार्यलाई व्यवस्थित र नियमीत गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक र भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले पेश गरेको प्रदेश दाना पर्दा सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयकमाथिको छलफल सकिएको छ ।

प्रदेशसभामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश भित्रका थप सडकहरुमा रुट परमिट दिनका लागि कार्यदल गठन गरिएको जानकारी गराउदै कार्यदलको सिफारिसका आधारमा नयाँ रुट परमिट जारी गर्ने जानकारी गराए ।प्रदेश नं ५ भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेशका लागि आवस्यक पर्ने मलखादको आपुर्ति भैरहेको बताएकी छन् । आइतबार बसेको प्रदेशसभाको बैठकमा यस अघिका बैठकहरुमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै मन्त्री पौडेलले कृषकहरुलाई मलखादको अभाव हुन नदिन मन्त्रालयले मल आयात गरिरहेको जानकारी गराएकी हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया