संघीय सरकारका कारण प्रदेश सरकारको काममा ढिलासुस्ती भएको प्रदेश नम्बर ५ का भौतिक पुर्वाधार मन्त्री चौधरीको भनाइ

प्रकाशित मिति:

प्रदेश नम्बर ५ का प्रवक्ता तथा भौतिक पुर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले संघीय सरकारका कारण प्रदेश सरकारको काममा ढिलासुस्ती भएको दाबि गरेका छन् ।उनले प्रदेशले यो बर्ष कानुन निर्माणको बर्षको रुपमा काम गरेको समेत प्रष्ट पारे ।  प्रदेश प्रहरी ऐन प्रदेश बाट स्वीकृत भएपनि संघीय सरकारले नै प्रहरी ऐन नबनाएको कारण केही अफ्ठ्यारो भएको उनको भनाइ छ । रिपोर्टर्स क्लव प्रदेश ५ बुटवलको साक्षात्कारमा बोल्दै उनले संघीय सरकारले केहि बिधेयक,ऐन,निर्देशिका नै नबनउदा प्रदेशले पनि बनाउन नपाएको बताए । प्रदेश ५ मा ३५ वटा कानुन तर्जुमा भैसकेर र संसदमा जाने प्रक्रियामा रहेको भन्दै उनले ११६ वटा ऐन, नियम, निर्देशिका निर्माण प्रक्रियामा रहेको उनले जानकारी दिए ।आवधिक योजना निर्माण गरी कार्य अगाडी बढाएको भन्दै मन्त्री चौधरीले कानुन निर्माणको प्रक्रियामा सात वटा प्रदेशहरुमा नमुना प्रदेशको रुपमा ५ नम्बर स्थापित भएको दाबि समेत गरे ।सरकारले काम नै गरेर भन्नु गलत भएको उनको धारणा छ ।उनले नेपाली काग्रेस नै गरिबी, पछौटेपन, रोपेको र अहिले त्यसको फल नेकपाको सरकार हुदा आईरहेको बताए ।उनले बेतिथि रोपेकोमा अहिले बेथितिलाई थितीमा ल्याउनको लागि सरकार लागि परेको बताए ।

प्रदेशसभा सदस्य विर बहादुर रानाले सरकारले एउटा लोकतान्त्रिक पद्धतीलाइ सम्हाल्न र चलाउन नजानेको तर्क छ । लोकतन्त्रको विषय संस्थागत हुन नसकेको उनको भनाइ छ ।अहिले सरकार कहां छ भन्ने प्रश्न आम जनताले सोधेको बताए । उनले दुई तिहाई अधिकार भएको सरकारले ठोस रुपमा काम गर्न किन सकेन कस्ले रोक्यौ भन्दै प्रश्न गरे ।प्रदेश विकास बोर्ड गठन गर्दा समेत आफुहरुलाई जानकारी नदिएको भन्दै प्रदेश सभा सदस्यले दुख व्यक्त गरे । नाम र राजधानीको विषयमा अबिलम्ब टुंगाउनुको विकल्प नभएको बताए । सरकार कै विलम्बको कारण प्रदेशको नामाकरण र राजधानीको विषयले टुंग लाग्न नसकेको बताए ।प्रदेशसभा सदस्य सन्तोष पाण्डेले प्रमुख जिल्ला अधिकारीको अधिकारलाई प्रदेश मातहतमा ल्याउनुपर्ने बताए ।नीजि क्षेत्रसंग बिकासमा पनि सहकार्य गर्ने उनले आग्रह गरे ।प्रदेश स्थापनाको एक बर्षमै भ्रष्टाचारको दाग लागेको भन्दै नीतिगत भ्रष्टाचार भएको हुन सक्ने आशंका गरे । नीजिक्षेत्रको योगदानलाइ राज्यले सम्मान गर्न नसकेको उनको गुनासो छ । सो अवसरमा रोडाढुंगा ब्यबसायी संघ प्रदेश ५ का अध्यक्ष गोपाल ज्ञवालीले राज्यले ब्यसाय नै चलाउन नदिन खोजेको आरोप लगाए । ब्यवसायीलाइ संरक्षण र निर्धक्क काम गर्ने बाताबरण र कानुन बन्न नसकेको उनको गुनासो छ ।प्रदेश ५ बिकास परिषदमा पत्रकारलाइ बिज्ञ नदेख्नु सरकारको कमजोरी भएको पत्रकार बालकृष्ण चापागाइको गुनासो छ । सरकारले प्रयाप्त अवसर पाउदा पनि राम्रो काम गर्न नसकेको प्राध्यापक डा. बिष्णु पोखरेलको आरोप छ । जनताले देख्नेगरि र अनुभूति हुनेगरि काम हुन नसकेकोमा आफुहरु असन्तुष्ट भएको पोखरेलको भनाइ छ । कार्यक्रम रिपोर्टर्स क्लवका प्रदेश प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता तथा प्रदेश सदस्य कपिल ज्ञवालीको संचालनमा भएको थियो ।