शाइन रेसुङ्गा बैकको देवदह र सुनवल शाखा को औपचारीक समुद्घाटन

प्रकाशित मिति:

बुटवल/ बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैक लिमिटेडले रुपन्देहीको देवदह खैरेनी र नवलपरासीको सुनवल शाखा कार्यालयहरुको आज औपचारीक समुद्घाटन गरेको छ ।खैरेनी शाखाको समुद्घाटन देवदह नगरपालिकाका नगर प्रमुख हिराबहादुर खत्री र सुनवल शाखाको समुद्घाटन सुनवल नगरपालिकाका नगर प्रमुख भिमबहादुर थापाले छुट्टाछुट्टै कार्यक्रमका बीच समुद्घाटन गर्नु भएको थियो ।शाखा समुद्घाटनसंगै बैकले दुबै स्थानका स्थानीय जेष्ठ नागरीकहरु र सोही क्षेत्रमा क्रियाशिल आमा समुहहरुलाई सम्मान गरेको छ ।

समाजसँग बैंक अभियान सञ्चालन गरेको बैकले स्थानीय जेष्ठ नागरीकलाई बैकमा जेष्ठ नागरीक खाता खोली दिई चेक हस्तान्तरण गर्नुका साथै दोसल्ला ओढाई कदर–पत्रबाट सम्मान गरिएको थियो भने आमा समुहका अध्यक्ष तथा पदाधिकारीहरुलाई दोसल्ला र सम्मान–पत्रबाट सम्मान गरिएको थियो ।यसरी सम्मानित हुनेमा देवदह खैरेनी शाखा अन्र्तगत देवदह वडा नं. ५ का ९८ बर्षीय टिकाराम तिवारी, वडा नं. ७ का ९५ बर्षीय मोतिलाल अधिकारी, वडा नं. ५ का ८९ बर्षीय चित्रकली थापा, वडा नं. ७ का ८४ बर्षीय भिमलाल खरेल र वडा नं. ५ का ८० बर्षीय सुना कुमारी राना सम्मानित हुनु भएको छ । यस्तै आमा समुहबाट मितेर स्वास्थ्य आमा समुहका अध्यक्ष साबित्री पौडेल, कोपिला आमा समुहका अध्यक्ष कमला ढेंगा, मनकामना आमा समुहका सरस्वती गुरुङ, भृकुटी आमा समुहका अध्यक्ष सिता अर्याल र प्रगति आमा समुहका अध्यक्ष पार्वती न्यौपाने सम्मानित हुनु भएको छ ।

उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि देवदह नगर प्रमुख खत्री, बैकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, संस्थापक अध्यक्ष थानेश्वर पौडेल र प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले सम्मान गर्नु भएको थियो ।यसैगरी सुनवल शाखा अन्र्तगत सुनवल ४ का ९५ बर्षीय खडानन्द चापागाई, ९० बर्षीय तुलबहादुर पुन, ८६ बर्षीय श्रीमती ङन कुमारी गैरे, ८५ बर्षीय पुर्णबहादुर थापा र ८१ बर्षीय प्रेमनारायण सुबेदी तथा मिलिजुली महिला समुहका अध्यक्ष ज्ञानु उपाध्याय, शुभलक्ष्मी आमा समुहका अध्यक्ष चन्द्रा गौतम, मौरीपालन आमा समुहका अध्यक्ष सरस्वती ढकाल, श्रृजना आमा समुहका सचिव माया काफ्ले, रम्भापुर महिला समुहका सचिव उमा पौडेल सम्मानित हुनु भएको छ । उहाँहरुलाई प्रमुख अतिथि नगरप्रमुख थापा, बैकका अध्यक्ष श्रेष्ठ, संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतले सम्मान गर्नु भएको थियो ।

यसैगरी सुनवल शाखा अन्र्तगत सुनवल ४ का ९५ बर्षीय खडानन्द चापागाई, ९० बर्षीय तुलबहादुर पुन, ८६ बर्षीय श्रीमती ङन कुमारी गैरे, ८५ बर्षीय पुर्णबहादुर थापा र ८१ बर्षीय प्रेमनारायण सुबेदी तथा मिलिजुली महिला समुहका अध्यक्ष ज्ञानु उपाध्याय, शुभलक्ष्मी आमा समुहका अध्यक्ष चन्द्रा गौतम, मौरीपालन आमा समुहका अध्यक्ष सरस्वती ढकाल, श्रृजना आमा समुहका सचिव माया काफ्ले, रम्भापुर महिला समुहका सचिव उमा पौडेल सम्मानित हुनु भएको छ । उहाँहरुलाई प्रमुख अतिथि नगरप्रमुख थापा, बैकका अध्यक्ष श्रेष्ठ, संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतले सम्मान गर्नु भएको थियो ।

देवदह शाखाको उदघाटन गर्दै नगरप्रमुख खत्रीले बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत गरेका कार्य अनुकरणीय रहेको उल्लेख गर्दै अव देवदहको आर्थिक बिकास र समृद्धिका लागि सरकारले अघि सारेका अनुदान र सहुलियतका कार्यक्रमलाई वडा वडामा लैजान बैंकलाई आग्रह गर्नुभयो । उहाँले देवदहमा कृषि र घरेलु तथा साना उद्योगको राम्रो सम्भावना रहेकाले त्यस क्षेत्रमा सर्वसुलभ र गुणस्तरीय सेवा पु¥याउन सुझाव दिनुभयो । नगरप्रमुख खत्रीले निक्षेप संकलन, कर्जा प्रर्वाह र मुनाफालाई मात्र आधार नबनाई स्थानीय श्रेत्रको आर्थिक विकासमा सहयात्रीको रुपमा कार्य गर्दै आएकोले नै शाइन रेसुङ्गा डेभलपमेण्ट बैक प्रदेश नं. ५ को उत्कृष्ट र सक्षम बंैकका रुपमा स्थापित भएको बताउनु भयो ।

त्यस्तै, सुनवल शाखाको उदघाटन गर्दै सुनवल नगरपालिकाका प्रमुख भिमबहादुर थापाले समृद्ध नगर हाम्रो अभियान नारा अंगिकार गरी कृषि, पर्यटन, उद्योग र व्यापारलाई प्रमुख प्राथमिकता दिएर नगरपालिका अघि बढ्न लागेको अवस्थामा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले सामाजिक उत्तरदायित्व सहित शाखा सञ्चालन गरेकोमा प्रसन्नता व्यक्त गर्दै बैंकसंग मिलेर नगरपालिका अघि बढ्ने बताउनु भयो । उहाले नगरपालिकाले एक वडा एक महिला उद्यम केन्द्र स्थापना गरेको जानकारी गराउदै ती उद्यम केन्द्रलाई सहुलियत दरमा कर्जा उपलब्ध गराउन आग्रह गर्नुभयो । नगरप्रमुख थापाले महेशपुर नाकाको स्तरबृद्धि पश्चात नवलपरासीमा आर्थिक बिकासको सम्भावना बढेको बताउदै बैंक तथा बित्तीय सस्थाको भुमिका पनि बढ्दै गएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशवप्रसाद भण्डारीले स्थानीय लगानी र रोजगारमा आधारित बैकले जनताको मन जित्दै जानु यसले समाजिक उत्तरदायित्व र सेवा प्रवाहमा निभाएको भुमिका प्रमुख आधार रहेको बताउनु भयो । उहाले कृषि र उद्योग जस्ता उत्पादनमुलक क्षेत्रमा लगानी गर्न बैकलाई आग्रह गर्नुभयो ।सुनवल उद्योग वाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्यले सुनवलको संभावनालाई सार्थक बनाउन बैंकको लगानी उत्पादन र रोजगारमुलक क्षेत्रमा केन्द्रीत गर्न आग्रह गर्नुभयो ।

बैकका प्रमुख जोखिम अधिकृत सिए यशोधन पाण्डेले सञ्चालन गर्नु भएको कार्यक्रमको अध्यक्षता गर्नु भएका बैकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले शाइन रेसुङ्गा डेभलपमेण्ट बैक यस क्षेत्रका जनताको प्रतिनिधीमूलक बित्तीय सस्था भएकाले यसले मुनाफालाई मात्र नभई यस क्षेत्रको आर्थिक र उद्यमशिलता बिकासका लागि प्राथमिकतामा राखि सेवा प्रवाह गरी रहेको बताउनु भयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले स्थानीय पूँजी, स्थानीय श्रम, स्थानीय विकास, स्थानीय सम्बृद्धि भन्ने मूल नाराका साथ यस क्षेत्रमा सञ्चालित बैंकले स्थानीय जनताको आवश्यकताका आधारमा गुणस्तरीय र सर्बसुलभ बैकिङ्ग सेवा प्रवाह गर्दै आइरहेको र आगामी दिनमा समेत सबै शाखा कार्यालयहरुवाट गुणस्तरीय र सर्बसुलभ सेवा पुयाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले २ लाख ग्राहक रहेको बैंकको निक्षेप संकलन, कर्जा प्रवाह र स्थानीय रोजगारी श्रृजनाका आधारमा प्रदेश नं. ५ को सबैभन्दा ठुलो बिकास बैकका रुपमा स्थापित भएको बताउनु भयो ।

२०६५ फाल्गुण ११ गते बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन डेभलपमेण्ट बैक लिमिटेड, गुल्मी जिल्लाको तमघासमा केन्द्रीय कार्यालय रहेको रेसुङ्गा विकास बैक लिमिटेड र प्युठान जिल्लाको विजुवारमा केन्द्रीय कार्यालय रहेको गौमुखी बिकास बैक लिमिटेड मर्ज भै बनेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैक लिमिटेडले यही फागुन ११ गते स्थापनाको १० बर्ष पुरा गरी ११ बर्षमा प्रवेश गर्न लागेको बैंकले जनाएको छ ।