फेरि चल्न थाले पोर्न साइटहरु

प्रकाशित मिति:

काठमाडौं । सरकारले पूर्ण रुपमा प्रतिवन्ध लगाएको पोर्न साईटहरु निर्वाध रुपमा सञ्चालनमा आएको पाइएको छ । निर्मला हत्याकाण्डपछि समाजिक सञ्जालमा ब्यापक बलात्कारका घटनाहरु सार्वजनिक हुन थालेपछि सरकारले पोर्न साइटहरु पुर्ण रुपमा प्रतिवन्ध लगाएको थियो ।

तर, अहिले पोर्नसाईटहरु खुलेआम कुनै पनि अवरोध विना नै खुल्न थालेको पाइएको छ । सरकारले केहि महिनाअघि बलात्कार, हत्या हिंसाका घटनाहरु पोर्नजन्य साईटहरुको दुरुपयोगका कारण उत्पन्न भएको भन्दै पूर्ण रुपमा प्रतिवन्ध लगाएको थियो ।सरकारले पोर्न साईटहरु बन्द गरेतापनि भिपिएन नामक सफ्ट्वेर सुचारु गरी सजिलै हेर्न सकिने पनि प्रयोगकर्ताहरुले बताउँदै आएका थिए ।