ट्रम्पको गुनासो– खोइ मलाई नोबल पुरस्कार ?

प्रकाशित मिति:

एजेन्सी – अमेरिकामा जारी विभिन्न विवादित विषयसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबल शान्ति पुरस्कारबारे पनि चर्चा गरेका छन् । उनका अनुसार जापानका प्रधानमन्त्री सिन्जो आबेले उनलाई नोबल शान्ति पुरस्कारका लागि मनोनयन गराएको भनि पाँच पेज लामो सुन्दर पत्र देखाएका थिए । उनी भन्छन्, “अरु धेरै मानिसहरुलाई पनि यस्तै लाग्छ कि सायद मैले कहिल्यै नोबल पुरस्कार पाउँदिन । तरपनि ठीकै छ ।”उनले थप भनेका छन्, “उनीहरुले यो ओबामालाई दिएका थिए जसलाई सो पुरस्कार किन दिइएको भन्ने समेत थाहा थिएन । उनी त्यहाँ केबल १५ सेकेन्डका लागि रहे र उनले नोबल शान्ति पुरस्कार पाए अनि मैले किन पाएँ भनि सोधे । तर मेरो सन्दर्भमा सायद मैले कहिल्यै पाउँदिन होला ।”

आइतबार मात्र जापानको आशि दैनिकले प्रधानमन्त्री आबेले अमेरिकाको आग्रहमा नै नोबल पुरस्कारका लागि ट्रम्पको उमेदवारी दिएको उल्लेख गरेको छ । यसरी ट्रम्पले मिडियासामु विश्वको सबैभन्दा ठूलो समस्या सुल्झाएकामा आफैँलाई श्रेय दिएका हुन् तर यस वापद् आफूले कुनै सम्मान नपाएको भनि गुनासो गरेका छन् ।

वास्तवमा उत्तर कोरियासँगको कूटनीतिक सम्बन्धमा कुरा गर्दैगर्दा ट्रम्पले यो विषयबारे चर्चा गरेका थिए । हाल उत्तर कोरिया आफ्नो आणविक कार्यक्रम बन्द गर्ने क्रममा रहेको तर बाराक ओबामा भने कोरियासँग युद्ध गर्ने अवस्थामा अत्यन्तै नजिक पुगेको उनले दाबी गरेका हुन् । उनको सो भनाइलाई ओबामाको कार्यकालका राष्ट्रिय सुरक्षा सल्लाहकारका प्रवक्ताले पूर्ण रुपमा गलत ठहर गरिसकेका छन् ।

ट्रम्पले भने, “हामीले धेरै राम्रो काम गरिरहेका छौँ । हाम्रो प्रशासनले थुप्रै उपलब्धिमूलक काम गरिसकेको छ तर हामीले यसका लागि कुनै श्रेय पाउने गरेका छैनौँ ।” यसरी मिडियासँगको असन्तुष्टि व्यक्त गर्दै उनले हाल आफूसँग सबैभन्दा नजिकी सम्बन्ध रहेको सञ्चारमर्कीहरुमा समेत निर्भर रहन नसक्ने बताएका हुन् ।

उनका अनुसार उनले उत्तर कोरियासँगको भयानक युद्ध मात्र जोगाएनन्, सिरियामा तीस लाख मानिसको ज्यान पनि बचाएका छन् । उनले फेरि गुनासो गरे, “तर कसैले पनि यसबारेमा कुरा गर्दैन । रुस, इरान र सिरियाले केबल ४५ हजार आतङ्ककारीका लागि तीस लाख मानिसको ज्यान लिन गइरहेका थिए । तर मैले तत्कालै आक्रमण बन्द गर्न पहल गरेँ जसपछि उनीहरुले हमला गरेनन् । मैले धेरै मान्छेको जीवन बचाएको छु ।”