नेपाल विद्यार्थी संघको तदर्थ समितिमा सिटौला समूहको दाबि

प्रकाशित मिति:

काठमाडौं \ नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघको तदर्थ समितिमा नेता कृष्णप्रसाद सिटौला समूहले नेतृत्वको दाबी गरको छ। पार्टीभित्र तेस्रो धारको दाबी गर्दै आएको सिटौला समूहका नेताले ११ औँ महाधिवेशनमा आफूहरूको उपस्थित प्रष्ट देखिएको भन्दै तदर्थ समितिमा नेतृत्व दाबी गरेको हो। ११ औँ महाधिवेशनमा सबैभन्दा धेरै मत ल्याउने म नै हुँ निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले सोमबार पत्रकार सम्मेलन गर्दै भने,‘त्यस अर्थमा हामी पहिलो हौँ। तदर्थ समितिको नेतृत्व हामीले पाउनुपर्छ। त्यही अनुसार उपस्थिति गराइनुपर्छ।
अन्यायविरुद्धमा हुने हरेक आन्दोलनमा आफूहरूकै सहभागिता भएकाले तदर्थ समितिमा नेतृत्व हुनुपर्ने विद्यार्थी नेता डिल्लीराम सुवेदीको पनि दाबी छ। उनले पार्टी नेतृत्वलाई कुन्दनराज काफ्ले मन नपरेकै आधारमा नेविसंघ विघटन गरेको समेत आरोप लगाए। कुन्दन काफ्लेलाई मन नपर्दा नेतृत्वले ३२ वर्षे उमेर हद लगाउने।

अनि नेवसंघ नै विघटन गर्ने उनले भने। पार्टीको कोपभाजनमा नेविसंघ परेको उनको आरोप छ। पत्रकार सम्मेलनमा महामन्त्री काफ्लेले तदर्थ समिति ३२ वर्षमुनिकै हुनुपर्ने बताए।‘विधानविपरीत तदर्थ समिति ल्याउन चलखेल भइरहेको छ। विधान नंग्याउने कोसिस पार्टी नेतृत्वबाट भइरहेको छ उनले भने हामी विधानको संरक्षक हौँ। त्यसका लागि जुनसुकै कदम चाल्न तयार छौँ। अब बन्ने तदर्थ समितिको कार्यकाल छ महिनाको मात्र हुनुपर्ने उनले बताए। उनले भने तदर्थ समितिले छ महिनामा महाधिवेशन गर्न नसके त्यसको जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्छ। कृपा र तथास्तु पाएर बनेको समितिले केही गर्न नसक्ने उनको दाबी थियो। २१ जिल्लामा अधिवेशन सकिएको र महाधिवेशन नजिक भएका कारण पार्टीले नेविसंघ विघटन गरेको उनको आरोप छ।