‘लुट्न सके लुट् कान्छा …’ गाएका पशुपतिलाई अमरेशले २५ हजार पुरस्कार दिने

६ फाल्गुन २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया
27 Shares


काठमाडौ – नेपाली काँग्रेसका सांसद डा अमरेश कुमार सिंहले लुट्न सके लुट् कान्छा बोलको गीत गाएका पशुपति शर्मालाई २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । सोमबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद सिंहले अभिव्यक्ति स्वतन्त्रताको हनन् गर्दै सत्ता पक्षले त्यो गीत युट्बबाट हटाउन लगाएको भन्दै आपत्ति समेत जनाएका छन् ।

उनले जनताको भावना, बुद्धिजीवीको भावनालाई सरकारले सम्मान गर्न सक्दैन भने जनताले पनि सरकारको सम्मान गर्न नसक्ने अमरेशको बुझाई थियो । उनले सरकार जनताप्रति उत्तरदायी रहेकोले जनताको भावना सरकारले बुझ्नुपर्ने धारणा समेत राखेका छन् ।

सरकारले बोल्नेको मुखमा ताला लगाउने र सुन्नेको कानमा मर्करी वा सिसा पगालेर राख्नुपर्ने सोचाई राखेको आरोप समेत लगाए । गत शुक्रबार गीत सार्वजनिक गरेका शर्माले शनिबार नै तीब्र दबाबका कारण युटुबबाट सो गीत हटाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • उपकुलपतिको नियुक्त नहुदाँ पोखरा विश्वविद्यालयमा नेविसंघको रिलेअनसन कायमै
  • एनआरएनए जापानको क्षेत्रीय भेला सम्पन्न
  • अमेरिकामा बस्ने नेपालिलाइ नेपालबाट डलर ल्याउने लैजाने सम्बन्धि जानकारि।
  • मेलम्ची पहिरोमा परी आठ मजदुरको मृत्यु
  • परीक्षा लिन लागेको भन्दै रुपन्देहीका बिद्यार्थी सडकमा
  • गैडहवामा मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम अन्तर्गत १ सय ८० बिपन्न…
  • आज साउन १९ गते सोमबारको राशिफल
  • जिल्ला संगठन बिभागद्धारा स्थानीय तह र वडा सभापतीहरुकालागि प्रशिक्षण सम्पन्न
  • भलवारी ब्याडमिन्टन क्लवको प्रथम साधारण सभा सम्पन्न
  • नेपाल रेडक्रसको तदर्थ समितिको पदवहाली -श्वेत पत्र जारी गरिने