बारा दुर्घटना : घाइते प्रमुख जिल्ला अधिकारी भट्टराईको निधन

६ फाल्गुन २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया
8 Shares


काठमाण्डौ – बारा दुर्घटनामा गम्भीर घाइते हुनुभएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको सोमबार निधन भएको छ । भट्टराई त्रिवि शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । गएको माघ १२ गते कर्मचारी मिलन केन्द्र बाराले निजगढस्थित शहीद हिरालाल पार्कमा आयोजना गरेको वनभोज कार्यक्रमबाट फर्किएको ना १ झ १६३३ नम्बरको जीप पथलैया–निजगढ सडकखण्डको पसाहा पुल नजिक रोकिराखेको ट्याक्टरमा ठोक्किएर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परि घटनास्थलमै सशस्त्र प्रहरी उपरीक्षक बलराम पोख्रेलको निधन भएको थियो । गएको शनिबार एसपी पोख्रेल र प्रजिअ भट्टराईका परिवारले सवारी दुर्घटना रहस्यमय भएको भन्दै छानबिन गर्न माग गरेका थिए ।  प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईका भाइ नरेश भट्टराईले काठमाण्डौ पत्रकार सम्मेलन गर्दै घटना नियोजित भएको आशंका गर्ने ठाउँ प्रशस्त देखिएकाले छानबिनको माग गर्नुपरेको बताउनुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • रुकुम हत्याकाण्डका दोषीलाई कारवाही नहुदा सम्म खवदारी जारी रहन्छ :…
  • संविधान संशोधनका पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय
  • अमेरिकाका दर्जनौं शहरहरूमा हिंसा भड्किएसँगै सैन्य प्रहरी तैनाथ
  • आज मात्र थप १८९ जनामा कोरोनाको संक्रमण पुष्टि,भएसंगै संक्रमितको संख्या…
  • क्वारेन्टिनमा बसेकी बाजुराकी महिलाले बच्चा जन्माईन
  • किसानको तरकारी नगरपालिकाबाट खरिद बिक्री
  • क्वारेन्टाइन बसेर घर जाने प्रवासीलाई सित्तैमा कण्डम
  • स्कुल अफ डेमोक्रेसीको संरचना प्रदेश र जिल्ला तहमा ! गण्डकी…
  • जनमुक्ति पार्टीको माग : कोरोनाविरुद्ध लड्न सर्वदलीय संयन्त्र बनाऊ
  • रुकुमको घटनामा सत्य तथ्यका छानविनका लागी संसदीय समिति गठन गर्न…