राप्रपामा प्रदेश तथा विभागमा मनोनयन

प्रकाशित मिति:

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबमोजिम अध्यक्ष कमल थापाले केही प्रदेश कार्यसमिति तथा विभागमा मनोनयन गरेका छन् । गण्डकी प्रदेशका अध्यक्ष हेमजंग गुरुङको सिफारिसमा प्रदेशका उपाध्यक्षमा राजेन्द्रबहादुर अधिकारीतनहुँ लाई मनोनयन गरिएको छ ।प्रदेश नं ७ का अध्यक्ष श्यामबहादुर शाहीको सिफारिसमा उपाध्यक्षमा रामदुलारी चौधरी, सचिवमा हिक्मतसिंह भण्डारी, प्रवक्तामा हेमबाबु लेखक, कोषाध्यक्षमा ललित जोशी, सहसचिवमा अभिलाल चौलागाईं, इन्द्रदेव भट्ट तथा सदस्यमा गजेन्द्रबहादुर चन्द, घुम्मन राना, पदमराज जोशी र पतिराम चुनारा, सविना शाह बाजुरा जनक कुँवर, मानबहादुर कार्की, देवेन्द्रबहादुर मल्ल, पुष्करदत्त भट्ट, शम्शेरसिंह धामी, देवबहादुर चन्द, रामबहादुर चन्द, अम्बिका भण्डारी र चन्द्रकला सावद, राजप्रसाद जोशी, पार्वती जैरु, जयसिंह धामी तथा हरिलाल भट्टराईलाई मनोनयन गरिएको छ ।वाणिज्य क्षेत्र समन्वय विभागका प्रमुख लक्ष्मीप्रसाद संग्रौलाको सिफारिशमा सदस्य सचिवमा पवित्रा बुढाथोकी थापा तथा सदस्यमा दीनानाथ दाहाल, वेदप्रसाद अग्रवाल, प्रमोद जलान, संजय सिंह, भूपेन्द्रनाथ योगी, ओमबहादुर सेन्चिउरी, देवीप्रसाद पाठक, वसन्तराज पौडेल, विष्णुकुमारी गुरुङ र डा नारायणहरि गजुरेललाई मनोनयन गरिएको छ ।त्यस्तै अपांगता भएका हित सम्वर्द्धन विभागका प्रमुख नीना भेटवालको सिफारिशमा सदस्य सचिवमा अर्जुन उप्रेती नुवाकोट सदस्यमा कृष्णभक्त लागेजु, अम्बादत्त भट्ट, सुरेन्द्र श्रेष्ठ, छत्रपति थापा, देवु पराजुली र उर्मिला अधिकारी मनोनयन गरिएको छ ।