सगरमाथामा पुरस्कार वितरण,

प्रकाशित मिति:

रजत महोत्सवको सामाजिक बिकास मन्त्रीले उद्घाटन गर्ने

झविन्द्र देवकोटा बुटवल, ६ फागुन । रुपन्देहीको देवदहमा अवस्थित सगरमाथा आवासिय माध्यमिक विद्यालयले शैक्षिक तथा अतिरिक्त कृयाकलापमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण कार्यक्रम गरेको छ । आफ्नो स्थापनाको २५ वर्ष पुरा गरेको अवसरमा विद्यालयले विभिन्न रचनात्मक कार्यक्रम गर्नुका साथै सोमबार शैक्षिक तथा अतिरिक्त कृयाकलापको पुरस्कार वितरण कार्यक्रम गरेको हो । प्रदेश नम्बर ५ का सांसद डाक्टर कृष्ण न्यौपानेले उत्कृष्ट बनेका विद्यार्थीलाई पुरस्कार वितरण गर्दै उत्कृष्ट शैक्षिक जनशक्ती उत्पादनमा निजी विद्यालयको भुमिका महत्वपुर्ण रहेको बताए । उनले गुणस्तरीय शिक्षामा निजी विद्यालयहरु धेरै अगाडि रहेकाले निजी विद्यालयप्रति सरकारले हेर्ने दृष्टिकोण सकारात्मक हुँदै जानु पर्ने सुझाव समेत राखे । विद्यालय व्यवस्थापन समिती सदस्य यज्ञमुर्ती पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा एन प्याब्सन प्रदेश ५ का बरिष्ट उपाध्यक्ष विष्णु पौडेल, एन प्याब्सन रुपन्देही अध्यक्ष देउप्रकाश राई, प्रदेश सहसचिव होमनाथ ढुङ्गाना, सिबी थापा, विद्यालयका सहायक प्राचार्य लेखनाथ काफ्ले लगायतले उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्ने विद्यार्थीलाई बधाई तथा शुभकाना दिएका थिए । सो अवसरमा विद्यालयले देवदह क्षेत्रमा जनचेताना ¥याली समेत गरेको थियो । विद्यार्थी, शिक्षक तथा अभिभावकको सहभागितामा बाजाजागा सहितत निस्किएको ¥यालीले देवदहका विभिन्न स्थानको परिक्रमा गरि विद्यालय परिषरमा पुगेर टुङ्गीएको प्रिन्सिपल कृष्णप्रसाद पौडेलले जानकारी दिए । विद्यालयले मुल समारोहका साथ मंगलबार रजत महोत्सव मनाउने भएको सहायक प्राचार्य प्रदीप अधिकारीले जानकारी दिए । रजत महोत्सवको सामाजिक बिकास मन्त्री सुदर्शन बरालले उद्घाटन गर्ने कार्यक्रम रहेको बताईएको छ । कार्यक्रममा पुराना शिक्षक कर्मचारी, उत्कृष्ट विद्यार्थी, विद्यालयलाई सहयोग गर्ने व्यक्ति, संघसस्थालाई सम्मान गर्ने कार्यक्रम रहेको बताईएको छ ।