सरकारले ७ हजार ३४१ कर्मचारीहरुको समायोजन गर्यो,, समायोजन भएका मध्ये अधिकांशको समायोजन संघमा

६ फाल्गुन २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया
2 Shares


सरकारले ७ हजार ३४१ कर्मचारीहरुको समायोजन सकेको छ । ती मध्ये अधिकांशको समायोजन संघमा भएको छ । हालसम्म समायोजन सकिएको ७ हजार ३४१ कर्मचारीहरुमध्ये संघमा समायोजन भएकाहरुको संख्या ५ हजार ६९१ छ । ९०७ जनाको प्रदेशमा र ७४३ जना स्थानीय तहमा समायोजन भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समायोजन महाशाखाले सबैभन्दा पहिले सचिवबाट समायोजनको काम सुरु गरेको थियो । सचिव, सहसचिव, उपसचिवको समायोजन पूर्णरुपमा सकिइसकेको छ । कर्मचारी समायोजन महाशाखा प्रमुख एवम् सहसचिव केदार पनेरुका अनुसार अहिले अधिकृतको समायोजनको काम जारी छ । अधिकृततर्फ प्रशासन, लेखा र राजश्व समूहको समायोजन सकिएको छ । अब अधिकृतका अन्य समूहसँगै लेखापाल, सहलेखापाल, नायब सुब्बा र खरदारको समायोजनको काम पनि सुरु गर्ने तयारी छ ।

२ हजार ६ जना उपसचिव समायोजन भएकामध्ये संघमा १ हजार ५३१, प्रदेशमा २३७ र स्थानीय तहमा २३८ जना समायोजन भएका छन् ।
यसैगरी अधिकृततर्फ प्रशासन समूहका २ हजार ३४१ जना संघमा, ३७१ जना प्रदेशमा र १७८ जना स्थानीय तहमा समायोजन भएका छन् ।
यस्तै, लेखा समूहका ६१० जना अधिकृत संघमा समायोजन भएका छन् । लेखा समूहका अधिकृत प्रदेशमाभन्दा धेरै स्थानीय तहमा समायोजन भएका छन् । स्थानीय तहमा ३२७ र प्रदेशमा १९५ जना लेखा अधिकृतलाई समायोजन गरिएको छ । राजश्वतर्फ ५८० अधिकृतमध्ये प्रदेशमा २ जना मात्र समायोजन भएका छन् । बाँकी सबै ५७८ जना लेखा अधिकृत संघमै छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कट्रिनाको नाम सुनेपछि उठ्दै सिट्ठी र ताली बजाउन थाले सलमान
  • वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक जना पक्राउ
  • खोपबारे जान्नैपर्ने कुरा : कुन खोप कहिले ?
  • पशुपतिनाथ मन्दिरको प्रवेशद्वार अगाडि शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज
  • डा. कार्कीलाई नेपाली जनसम्पर्क समिति अमेरिकाले बुझायो ज्ञापनपत्र
  • सिद्धार्थ मेमोरियललाई नगर स्तरीय हाजिरि जवाफ प्रतियोगिताको उपाधि
  • सामुदायिक बिद्यालय सम्मेलनमा नेपालको प्रतिनिधित्व सोमनाथले गर्ने
  • आधाभन्दा बढी विद्युतको स्रोत नवीकरणीय उर्जा
  • संसारकै अग्लो भवन बुर्ज खलिफामा आज नेपाली झन्डा देखिने
  • नक्कली भारतीय रुपैयाँ सहित २ जना पक्राउ