श्रीमती माइत गएको मौका पारेर बाबुले गरे छोरीलाई बलात्कार

६ फाल्गुन २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया
8 Shares


ललितपुर – नेपाल प्रहरीका भगौडा हवल्दारले आफनै नौ वर्षकी छोरीलाई बलात्कार गरेका छन् । गोदावरी नगरपालिका–४ बडीखेल निवासी उनले शुक्रबार राति आफ्नै छोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

उनका भतिजा विप्लपको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत ललितपुरबाट सात दिनको म्याद थपिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख गौतम मिश्रले जानकारी दिए ।

मिश्रका अनुसार घटना शुक्रबार राति ८ बजेको हो । श्रीमती पोखरामा हरेको माइतीघर गएको बेला उनले छोरीलाई जबरजस्ती करणी गरेका थिए । बालिकाले पेट दुखेको भनेपछि आइतबार नजिकैको हेल्थपोस्टमा चेकजाँच गर्न लगिएको थियो । हेप्थपोष्टमा लैजाँदा उनको यौनाङ्गगमा चोट लागेर रगत बगेको देखिएपछि पाटन अस्पताल पठाइएको थियो । बलात्कारको घटनामा अवस्था र प्रकृति हेरेर १० देखि २० वर्षसम्म सजायको व्यवस्था छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया