राती सुत्दा अ‍ैठन भएर हैरान हुनुहुन्छ ? नराम्रो सपना देखेमा यी पाँच काम गर्न कहिल्यै नछुटाउनुहोस्

प्रकाशित मिति:

के तपाईलाई राती सुत्दा नराम्रो सपना अथवा अ‍ैठन हुने गर्छ ? कसैलाई त दैनिक त्यस्तै समस्याले सताउने गर्छ । यस्तो समस्याबाट छुटकारा पाउनको लागि शास्त्र अनुसार यसो गर्नुहोस्।

१. सुकमेलः यदि रातको समयमा तपाईलाई डरलाग्दो सपनाले सताईरहेको छ भने ५ वटा जति सुकमेल कपडामा बेरेर आफ्नो सिरानीको नजिक राख्नु पर्छ ।

२. पानीले भरेको तामाको भाडाः निद्रामा डर लाग्ने सपना देखेमा पानीले भरिएको भाडा वा अम्खारा ओछ्यानको नजिक राख्नुहोस्। । बिहान उक्त पानीलाई बिरुवामा हलिदिनुहोस ।

३. चक्कुः वास्तुशास्त्रका अनुसार दैनिक डरलाग्दो सपना देखेर हैरान हुनुहुन्छ भने सिरानीमुनि चक्कु राख्नुहोस ।

४. काट्ने हतियारः यदि तपाईसंग चक्कु छैन भने काट्ने बस्तु जस्तै नङ कटर, कैची जस्ता बस्तु सिरानी मुनि राख्दा पनि नराम्रो सपना देख्दैन ।

५. पहेलो चामलः पहेलो चामलको मद्दतबाट पनि डर र नराम्रो सपनाबाट छुटकारा पाउन सकिन्छ । पहेलो चामललाई कुनै कागज वा कपडा बेरेर सिरानीमुनि राखिदिनुहोस्। ।

६. ओछ्यान सफा गर्नुहोस स् सुत्नु अघि ओछ्यान राम्ररी सफा गर्ने गर्नुहोस । फोहोर ओछ्यानमा सुत्दा पनि नराम्रो सपनाले सताउने गर्दछ ।

७. कपाल बाँधेर सुत्नुहोस स् सुत्ने समयमा कपाल खुल्ला छोडेर सुत्ने बानीले पनि डराउने सपना आउने गर्दछ । त्यसैले कपाल सधै बाँधेर सुत्ने गर्नुहोस ।

८. जुत्ता–चप्पलः सुत्ने कोठा वा ओछ्यानको वरिपरि र खाटमुनि जुत्ता चप्पल राख्दा पनि राती नराम्रो सपना आउने गर्छ ।

९. ओढ्नेः ओढ्ने कहिले पनि यस्तो प्रयोग गर्नुहुदैन । जसको रङ गाढा, धेरै प्रिन्ट, हिंसक जनावरको तस्बिर भएको हुनुहुदैन । एजेन्सी