क्यान ईन्फोटेक भोली सकिदै

प्रकाशित मिति:

चौथो दिन सम्म १ लाख २० हजार हजारदर्शकद्धारा अवलोकन  युवा विद्यार्थी र उद्योगीहरुको घुईचो

बुटवल ६ फागुन ।  कम्प्युटर एशोसीयशन महासंघ (क्यान) रुपन्देहीको आयोजनामा बुटवलमा जारी स्टार्टअप वाईटेक क्यान ईन्फोटेक सूचना प्रविधिसम्बन्धी प्रर्दशनीमा सोमबार विभिन्न प्रतियोगीता तथा सास्कृतीक कार्यक्रमहरु सम्पन्न भएका छन् ।  सोमबार विजनेश डे समेत रहेको ईन्फोटेकमा युवा विद्यार्थीहरु र उद्योगी व्यापारीहरुको विशेष घुईचो रहेको थियो । चौथो दिन सम्म आउँदा १ लाख २० हजार भन्दा बढि दर्शकले ईन्फोटेक अवलोकन गरेको प्रसार प्रसार संयोजक तथा क्यान महासंघ रुपन्देहीका सह–सचिव सुरेश चन्द्र भट्राईले जानकारी दिए ।  सोमबार अन्तर विद्यालय एक्सपर्ट वक्तृत्व कला प्रतियोगीता सम्पन्न भएको छ । जसमा शिद्धार्थ आवशिय माविका विद्यार्थी महेश बन्जाडे प्रथम भए । ७ वटा विद्यालयहरुको प्रतिष्पर्धा रहेको उक्त प्रतियोगीतामा द्धितिय अन्नपूर्ण माविका विद्यार्थी सम्झना सुवेदी भईन् । यस्तै तृतिय स्थानमा न्यु होराईजन अग्रेजी आवशिय माविका विद्यार्थी समृद्धि ज्ञवाली भईन् ।

प्रतियोगीताको सन्तवना स्थानमा कालिका मानवज्ञान माविका विद्यार्थी निशाना पोखरेल भईन् । प्रतियोगीतामा सहभागी विद्यार्थीहरुलाई प्रयोजकको रुपमा रहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले प्रथम लाई ५ हजार द्धितियलाई ३ हजार तृतियलाई २ हजार र सान्तवना स्थान प्राप्त गर्नेलाई १ हजार नगद सहित मेडल आर्कषक पुरस्कार व्यवस्था गरेको छ । नगद पुरस्कार ईन्फोटेक समापनको दिन  प्रदान गरिने छ ।  यस्तै प्रतियोगीतामा सहभागी ७ जना विद्यार्थीहरु र ३ जना निर्णयकहरुलाई माईक्रोटेक कम्प्युटर सप्लार्यसले के सेभेन टोटल सकुरेटी सहित विभिन्न गिफ्ट ह्याम्पर र एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेजले पनि आर्कषक गिफ्ट ह्याम्पर प्रदान गरेको थियो ।  सोमबार प्रखर वक्ता पब्लीक स्पीकर सिजन २ का विजेता रमेश प्रशाईं आधुनिक गायिका विद्या तिवारी लोक गायक सारंगी बाधक तेजेन्द्र गन्र्धव प्रर्दशनी आईडल विजेता शुसिल आचार्य लगायतको विशेष प्रस्तुती रहेको क्यान महासंघ रुपन्देहीका अध्यक्ष नारायण प्रसाद श्रेष्ठले जानकारी दिए ।  इन्फोटेकमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स पावर सोलुसन मोबाइल एसेसरिज डिलर र डिस्ट्रिब्यूर्टस टेलिकम्युनिकेसन आइएसपी सफ्टवेयर सोलुसन्स का साथै नेपाली वैज्ञानिक तथा विद्यार्थीहरुले निर्माण गरेका नयाँ प्रविधि लगायतका एक सय बढी स्टल रहेका छन् ।  ईन्फोटेकमा हरेक दिन टिकट काटेर प्रवेश गर्ने दर्शकको लागि एस.टी ग्रुपको तर्फबाट लक्की ड्रबाट एउटा ओटो मोवाईल प्रदान गर्दैै आएको छ । यस्तै माईक्रोटेक कम्प्युटर ले हरेक दिन एक जना दर्शकलाई के सेभेन टोटल सेकुरेटी उपलब्ध गराउदै आएको छ ।  कम्प्युटर एशोसिएसन नेपाल महासंघ रुपन्देही शाखाले सन् २००२ देखी नै सुूचना प्रविधि सम्बन्धि जानकारी सर्वसाधारण सम्म पुयाउने र लुम्बिनीलाई सूचना प्रविधि ग्रामको रुपमा विकास गर्ने लक्ष्य अनुरुप सन् २००२, २००५, २००७, २००९, २०११, २०१७ र २०१८ मा सूचना प्रविधि सम्बन्धि मेला क्यान इन्फोटेक सम्पन्न गरी सकेको छ यो आठौं संस्करण हो । ईन्फोटेक अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क रु ५० विद्यार्थीहरुलाई रु २० तोकिएको छ । मेला मंगलबार साँझ ५ बजे सम्म चल्ने छ भने विविध सास्कृतीक कार्यक्रम समेत राखिएको छ ।

आप्सा नेपालको अन्तरक्रिया हुने
क्यान महासंघको सुरक्षा उपकरणको बस्तुगत समितिको मंगलबार प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रम हुने भएको छ । बुटवलमा जारी ईन्फोटेकमा क्यान रुपन्देहीको सहयोगमा वृहत अन्तरक्रिया हुने छ । सुरक्षा उपकरणमा संलग्न व्यापारी, यसमा प्राविधिक र पत्रकारहरुको विचमा अन्तरक्रिया हुने छ । मंगलबार विहान ९ बजे ईन्फोटेक स्थल सचिवालयमा हुने हुने छ ।