नेपाली महिला अधिकारकर्मी राणा राष्ट्रसंघीय कमिटीको उपाध्यक्षमा निर्वाचित

प्रकाशित मिति:

काठमाण्डौ – नेपाली महिला अधिकारकर्मी एवं सञ्चारकर्मी वन्दना राणा महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति(सीईडीएडब्ल्यू)को उपाध्यक्षमा निर्वाचित हुनु भएको छ ।   सोमबार भएको चुनावमा उहाँ दुई वर्षको कार्यकालका लागि उपाध्यक्ष पदमा निर्वाचित हुनु भएको हो ।

संयुक्त राष्ट्रसघीय समितिमा उपाध्यक्ष पदमा निर्वाचित हुने उहाँ पहिलो नेपाली पनि हुनुहुन्छ । राणा यसअघि सन् २०१६ मा यो समितिको सदस्य पदमा निर्वाचित हुनुभएको थियो । उहाँ समितिमा रहेर रणनैतिक निर्देशकका रुपमा पनि कार्यरत हुनुहुन्छ ।  सीईडीएडब्ल्यू सन् १९८३ मा स्थापित भएको थियो । यसमा विश्भरबाट महिलाका मुद्दामा विज्ञ रहेका २३ जनाले प्रतिनिधित्व गर्छन् ।