सामुदायिक रेडियो दाउन्ने आठौ बर्षमा प्रबेश

प्रकाशित मिति:

नवलपरासी /बर्दघाट नगरपालिकाको पहिलो सञ्चार माध्यमको रुपमा चिनिने पश्चिम नवलपरासीमा अवस्थित सामुदायिक रेडियो दाउन्नेले सोमबार रक्तदान कार्यक्रमको आयोजना गरि आफ्नो ८ औँ बार्षिक उत्सव मनाएको छ । दाउन्ने सुचना तथा सहकारी सस्था लिमिटेड बर्दघाट ४ बर्दघाटद्धारा सञ्चालित सामुदायिक रेडियो दाउन्ने १०३ दशमलव ४ मेगाहर्ज बर्दघाटले सोमबार विहान सम्पन्न गरेको रक्तदान कार्यक्रममा रेडियो दाउन्नेका पुर्व डोलराज भण्डारी, कार्यक्रम समयोजक यम प्रसाद भुषाल दिपक, मनोज कार्की, प्रदिप सुवेदी, विपि ढकाल लागएत रेडियोको पुर्व पदाधिकारी, कर्मचारी, समाजसेवी, सयर सदस्य गरि ३६ जनाले रक्तदान गर्नुभएको थियो ।

रक्तदान गरेका सम्पुर्ण रक्तदाताहरुको स्वास्थ्यको विशेष ख्याल गर्दै सामुदायिक रेडियो दाउन्नेले चना, अण्डा र फ्रुटी लागएतका खानेकुरा वितरण गरेको थियो । रेडियो दाउन्नेका अध्यक्ष नारायण पाण्डेको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै नगर प्रमुख बस्यालले बर्दघाट क्षेत्रमा सञ्चालित सामुदायिक रेडियो दाउन्नेले आफ्नो बार्षिक उत्सवको अवसर पारि रक्तदान जिवनदान भन्ने मुल मन्त्रका साथ रक्तदान कार्यक्रमको आयोजना गरेको कुरालाई स्मरण गर्दै नगर प्रमुख बस्यालले यस रेडियो दाउन्नेले सामाजिक रुपमा केही गर्नुपर्छ भनी विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गर्दै आएको र आगामी दिनहरुमा पनि विभिन्न सामाजिक गतिविधि समेटिएका विभिन्न जनचेतनामुलक कार्यक्रमहरु ल्याउने र सो का लागी बर्दघाट नगरपालिका सदैव सहयोग गर्न प्रतिबद्ध रहेको बताउदै रेडियो दाउन्नेको बार्षिक उत्सवका अवसरमा रेडियोलाई शुभकामना समेत दिनुभएको थियो ।

कार्यक्रममा रेडियो दाउन्नेका पुर्व कार्य समिति सदस्य, पदाधिकरी, सल्लाहकार,सेयर सदस्य, कर्मचारी, रेडियोको शुभचिन्तक, स्थानयि बासी, बुद्धिजिवी, समाजसेवी, जन निर्वाचचित प्रतिनिधि रेडियोको श्रोता लागएतको उपस्थिती रहेको थियो । यस अघिरेडियो दाउन्नेले विगत बर्षहरुमा मनाउदै आएको आफ्नो बार्षिक उत्सवलाई यस बर्ष फरक र सुचना र विभिन्न सन्देश प्रवाह गर्ने उदेश्यले रेडियोले आफ्नो बार्षिक उत्सव सप्ताहब्यापी रुपमा मनाउने घोषण गरेको थियो ।

सो घोषणा पश्चात सामुदायिक रेडियो दाउन्नेले गत माघ महिनाको २९ गतेदेखी पश्चिम नवलपरासी सहित पुर्वी नवलपरासीको पनि विभिन्न स्थानिय तहहरुमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गर्दै सोमबार आफ्नो आठौ बाािष्ृक उत्सव मनाएको हो । सो अवसरमा रेडियो दाउन्नेका अध्यक्ष नारायण पाण्डेले रेडियोका सञ्चालक समिति, अनुगमन समिति, विभिन्न उपसमिति, विज्ञापनदाता, सेयर सदस्य, श्रोता वर्ग लगाएतको सहयोगमा रेडियो दाउन्नेले आफ्नो बार्षिक उत्सव सोचेजस्तै मनाउन सफल भएकोमा सबैमा धन्याबाद ब्यक्त समेत गर्नुभएको थियो । कार्यक्रमको सञ्चलन रेडियो दाउन्नेका सञ्चालक समिति सदस्य एवं अनुमगन समितिका समयोजक राम जी लौडारीले गर्नुभएको थियो ।

थप समाचार