मुठभेडमा मेजरसहित ४ भारतीय सैनिक मारिए

प्रकाशित मिति:

एजेन्सी /भारत प्रशासित जम्मु कश्मीर स्थित पुलुवामा जिल्लाको पिगलेनामा सोमवार विहान भएको मुठभेडमा मेजरसहित ४ भारतीय सैनिक मारिएका छन् । पिगलेनामा लडाकुहरु लुकेको भन्ने सुचना प्राप्त गरेपछि भारतीय सेनाले सो क्षेत्रमा सर्च गरेको थियो ।सर्चको क्रममा लडाकुहरुले गोली चलाउन सुरु गरेको भारतीय सञ्चार माध्ययमले जनाएका छन् । जसमा चारजना सैनिक मारिएका छन् भने एक जना गम्भीर घाइते भएको समाचार छ ।

यसअघि गत विहीवार पाकिस्तानमा शरण लिएर बसेका आतंकवादीले गरेको हमलामा परी भारतीय ४४ बढी शुरक्षाकर्मीको ज्यान गएको थियो ।घटनापछि आक्रोशित भारतले पाकिस्तानसँग बदला लिने चेतावनी दिइरहँदा पूनः आतंकवादीले गरेको हमलामा परी आज भारतीय सैनिक मारिएका हुन् ।

हमलाको क्रममा विहान तीन लडाकु पनि घेरामा परेका थिए । भारतीय सैनिकले अहिले त्यस क्षेत्रमा सर्च अपरेशन अपरेसन जारी राखेको छ । अहिले सो इलाकालाई घेरेर त्यहाँका स्थानीयलाई बाहिर निकालिएको छ । पुलवामा आतंककारी हमलाका मास्टरमाईण्ड गाजी समेत यही इलाकामा रहेको सूचना आएपछि अहिले सेनाको टोली सर्च अप्रेसनमा छ ।इनकाउण्टरमा घाइते भएका सैनिकलाई त्यहाँबाट निकालेर श्रीनगर सैनिक अस्पतालमा उपचारार्थ भर्ती गराईएको समाचार छ ।