उत्तर कोरियालाई नेपालमा प्रतिबिन्ध गर्नको लागि सभामुख महरालाइ पत्र

प्रकाशित मिति:

काठमाडौ \ संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले निर्णय पारित गरेर उत्तर कोरिया माथि प्रतिबन्ध गरेको अवस्थामा नेपालका राजनेताहरुले त्यस्ता देशका राजदूतलाइ भेट गर्न्नुप्रति ध्यानाकर्षण भएको भन्दै बिरोधमा पत्र आएको छ। नेपाल सरकारले पनि संयुक्त राष्ट्र संघको निर्णयलाइ सिरोधार्य गर्नुपर्नेमा अन्यथा गरि उत्तर कोरियाको गतिबिधि नेपालमा बढाउन लाग्नु मात्र नभएर नेपालमा लगानीका कुरा गर्नु गंभिर आपत्ति भएको कुरा पत्रमा बताइएको छ। ग्रामिण क्लबहाउस नेपालका अध्यक्ष मुकुन्द सुवेदीद्धारा २०७५ ,११ ,०६ मा नेपालका सभामुखलाइ संबोधन गरेर उक्त पत्र छ पठाइएको छ। पत्रमा नेपालमा उत्तर कोरियालाई पूर्ण रुपमा प्रतिबन्ध लगाएर अन्य मित्र राष्ट्रहरुसंग पनि सहकार्यको लागि पहल गर्नको लागि संसदमा प्रस्ताव पेश गरियोस अनुरोध गरिएको छ।