पाकिस्तानप्रति बलिउडको आक्रोश बढ्दो

७ फाल्गुन २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया
57 Shares


काठमाडौँ /पाकिस्तानको आतंकवादी संगठन जैश–ए–मोहम्मदद्वारा कश्मीरको पुलवामा गरेको आत्मघाती आक्रमणपछि यति बेला भारतीय नागरिकहरु आक्रोशित भएका छन् ।यसैबीच बलिउड फिल्म उद्योगमा पनि पाकिस्तानी कलाकारहरुलाई प्रतिबन्ध गरिएको छ । खबरहरुका अनुसार अभिनेता सलमान खानले पनि सैनिकहरुको सम्मानस्वरुप पाकिस्तानी गायक आतिफ असलमलाई आफ्नो फिल्मबाट निकालिदिएका छन् ।

आतिफ असलम सलमान खानको प्रोडक्शन कम्पनी ‘सलमान खान फिल्म्स’को ब्यानरमा बन्न लागेको फिल्म ‘नोटबुक’ का लागि गीत गाउने तयारीमा थिए । तर अब भने अभिनेता सलमान खानले आतिफ असलमलाई फिल्ममा गाउन दिइएको अफर रद्द गरिदिएका छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार सलमान खानको फिल्म ‘नोटबुक’मा अब गायक अरमान मल्लिकले गाउन सक्ने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया