१२ बर्ष पछि बसे रामचन्द्र पौडेल अमरापुरीमा रहेको आफ्नै निवासमा

प्रकाशित मिति:

छिमेकी टोलबासी खुशी

प्रकाश अधिकारी तनहु \ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गृह जिल्ला तनहुँ आउदा जिल्ला समन्वय समितिको मातहतमा रहेको अतिथि गृहमा बसेपनि यसपालि ४ दिनका लागि जिल्ला आएका पौडेल व्यास २ अमरापुरीमा रहेको आफ्नै निवासमा बसेका छन्। संविधानसभाको पहिलो चुनावमा त्यही घरमा बसेर चुनाव प्रचारप्रसार गरेका पौडेलले २०६५ र ६६ पछि तनहुँ हाइड्रोले भाडामा लिएपछि अतिथि गृहमा बस्ने गरेका थिए। यसरी वरिष्ठ नेता पौडेल घरमा आएर बसेपछि छिमेकी टोलबासी पनि खुशी भएका छन्। पौडेल गत निर्वाचनमा पराजित भएसंगै जनतामुखी र प्रत्यक्ष जनतासंग भेटघाट गर्ने गरेका छन्। निकै सरल स्वभावका पौडेल उनको निवास यतिखेर सरसफाइ पनि तिव्र रूपले गराईएको छ। आगामी दिनमा गृह जिल्ला आउदा अब आफ्नै निवासमा बस्ने पौडेलले जानकारी दिए।