मिडियाका समाचारहरु थप बलियो र बिश्वसनीय हुनुपर्ने कानूनमन्त्रि केसीको धारणा

प्रकाशित मिति:

प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले प्रदेश सरकार मिडियामैत्री रहेको दाबि गरेका छन् । प्रदेश ५ संसदमा टेबुल गरिएको प्रदेश प्रसारण बिधेयकको सर्बत्र बिरोध भैरहदा मन्त्री केसीले सरकार मिडिया मैत्री र सहयोगी रहेको प्रष्टोक्ती दिएका हुन् ।राष्ट्रिय समाचार समिति प्रदेश ५ द्वारा बुटवलमा आयोजित ५८ औं बार्षिकोत्सव समारोहलाइ सम्बोधन गर्दै केसीले मिडियाले प्रसारण÷प्रकाशन गर्ने समाचारहरु थप बलियो र बिश्वसनीय बनाउनुपर्ने धारणा राखे ।मन्त्री केसीले मिडियालाइ गौरबमय बनाउनुपर्ने भन्दै बजारमा मिडियाकै समाचारका भरमा धेरै धारणा बनाउने हुदा थप बिश्वसनिय बनाउन जरुरी रहेको उल्लेख गरे ।मन्त्री केसीले धेरै संघर्षबाट मुलुक गौरबमय स्थानमा पुगेको स्मरण समेत गरे । राससले दिने समाचारहरु अझै बढि र तिब्र बनाउन उनले सुझाब समेत दिए।
प्रदेशसभाका प्रमुख प्रतिपक्षि दलका नेता बलदेब शर्मा पोखरेलले पत्रकारितामा दुबै तर्फको बिचार सम्बोधन गरेर अघि बढ्नुपर्ने बताए ।सो अबसरमा बुटवल नगर प्रमुख शिबराज सुबेदी,राससका पूर्व अध्यक्ष बालकृष्ण चापागाइ,पूर्व सांसद बिनोद पहाडी,राससका प्रदेश ५ का प्रमुख भरत केसी,निरु गौतम,युवराज पाण्डे लगायतले बोलेका थिए । सो अबसरमा ४ जना उत्कृष्ट काम गरेको भन्दै ४ जना राससकर्मीलाइ सम्मान गरिएको थियो ।