पाकिस्तानमा आम निर्वाचनपछि जारी मतगणनामा पूर्वक्रिकेट खेलाडी इमरान खानको पार्टी पीटीआई अगाडि

प्रकाशित मिति:

पाकिस्तानमा आमनिर्वाचनपछि जारी मतगणनामा पूर्वक्रिकेट खेलाडी इमरान खानको पार्टी पीटीआईले शुरूवाती अग्रता लिएको देखिएको छ। औपचारिक नतिजा सार्वजनिक हुनुअघि नै पीटीआईका समर्थकहरूले खुसियाली मनाउन थालेका छन्।पीटीआईको निकटतम प्रतिद्वन्द्वी ठानिएको पूर्वप्रधानमन्त्री नवाज शरिफको पार्टी पीएमएल(एनले चुनावमा अनियमितता भएको आरोप लगाएको छ।

सो पार्टीका नेता शहबाज शरिफले चुनावको नतिजालाई राजनीतिक र कानूनी दुवै चुनौती दिने चेतावनी दिएका छन्।