रुपन्देहीको सैनामैनामा सिप विकास प्रतिष्ठान बन्ने

प्रकाशित मिति:

नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले बनाउन लागेको सिप विकास प्रतिष्ठान रुपन्देहीको सैनामैनामा बन्ने भएको छ । देशभरका विभिन्न तिन वटा स्थानमा केन्द्रीय स्तरको सिप प्रशिक्षण केन्द्रको रुपमा विकास हुने सिप विकास प्रतिष्ठान रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नम्बर –७ लम्टैयामा बन्ने निश्चित भएको हो ।सैनामैना नगरपालिका बाटउपलब्ध गराइएको ४० विघा क्षेत्रफलमा निर्माण हुने प्रतिष्ठानको मंगलबार श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री गोकर्णराज विष्टले स्थलगत अवलोकन समेत गरेका छन् ।स्थलगत निरिक्षण पश्चात मन्त्री विष्ट ले नेपाल सरकारले निर्माण गर्ने तिन स्थानमा केन्द्रीय स्तरकै प्रशिक्षण केन्द्रको रुपमा एउटा रुपन्देहीको सैनामैनामा निर्माण हुने जानकारी गराए ।

उनले नेपालको नारायणी नदी पश्चिम देखि धनगढी सम्मका हजारौ युवाहरुलाई सिप प्रदान गर्ने खालको प्रतिष्ठान सैनामैनामा निर्माण हुने जानकारी दिए । नेपाल सरकारको दिर्घकालिन योजना अनुसार एउटा पालिकाका एउटा सिप प्रशिक्षण केन्द्र निर्माण गर्ने थप लक्ष्य समेत लिएकोका सैनामैनाको उक्त प्रशिक्षण प्रतिष्ठानले सिप युक्त जनशक्ति तयार गर्ने मन्त्री विष्टले जानकारी दिए । मन्त्री विष्ठले अहिले विदेश जाने अधिकांस युवाहरु दक्ष जनशक्ति नभएकै कारण विदेशी भुमिका उचित पारिश्रमीक विना नै काम गर्नुपर्ने तितो यथार्थता रहेको भन्दै अव सिप सिकेर मात्रै विदेश जाने परिपाटीको विकास हुँदा जनशक्तिले उचित श्रमको मुल्य प्राप्त गर्ने समेत अपेक्षा सरकारले लिएको जानकारी दिए ।करिव १ सय विघा क्षेत्रफलमा आवशिय सुविधा सहितको पहिलो चरणमा मध्यममस्तरको तालिम युवाहरुलाई प्रदान गरी सोही अनुसारको दक्ष जनशक्ति निर्माण गर्ने उदेश्य रहेको मन्त्री विष्टले प्रष्ट पारे । जसमा आवशिय सुविधा सहितको तालिम प्रतिष्ठान(प्रशिक्षण केन्द्रं)को समेत परिकल्पना गरिएको उनले बताए । सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले नेपालमा तिन वना स्थानमा निर्माण हुने सिप विकास प्रतिष्ठान सैनामैनामा निर्माण हुनु आफैमा गौरवको विषय भएको बताए । उनले नगरपालिकाबाट प्रदान गरिएको ४० विघा जग्गा अपुग भएमा थप जग्गा समेत प्रदान गर्न नगरपालिका तयार भएको जानकारी दिए ।

जग्गा प्राप्तीको चरण सकिएको छ । केही समयमा नै विस्तृत योजना सर्भेक्षण प्रतिवेदन (डिपीआर) बनाएपछि त्यसको भौतिक पुर्वाधार निर्माणको चरण अगाडी बढ्ने जनाइएको छ ।भौतिक पुर्वाधार कुन कुन किसीमको तालिम प्रदान गर्ने कस्तो भौतिक वातावरण आवश्यक पर्दछ भन्ने विषयमा विस्तृत प्रतिवेदन तयार भएपछि भौतिक पुर्वाधार निर्माणको लागि टेन्डर प्रक्रियामा जाने र निर्माण हुने जनाइएको छ । यसको लागि अहिले नै लागत अनुमान गर्न नसकीएको र निर्माणको लागि लागतमा कुनै पनि कमी नहुने जनाइएको छ । नगरप्रमुख कार्की सहित प्रदेश ५ का सदस्य भूमिश्वर ढकाल , कमला विक, उपमप्रमुख बिना सहित स्थानीयले मन्त्री गोकण विष्टलाई सैनामैनामा स्वागत गरेका थिए ।