रुपन्देही क्रिकेट संघको आयोजनामा नेपाल टेलिकम जिल्लास्तरीय सुपरलिग क्रिकेट प्रतियोगिता सुरु

प्रकाशित मिति:

रुपन्देही क्रिकेट संघको आयोजनामा मंगलबारबाट भैरहवामा नेपाल टेलिकम जिल्लास्तरीय सुपरलिग क्रिकेट प्रतियोगिता सुरु भएको छ । पहिलो दिन डिभीजन बी अन्तर्गत भएको उद्घाटन खेलमा बुटवल–११ त्रिकेट क्लब, बुटवलले मतखोलवा क्रिकेट क्लब, भैरहवालाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।सिद्धार्थ रंगशालामा भएको खेलमा मतखोलवाबाट जितका लागि पाएको १६५ रनको लक्ष्य बुटवल ११ ले २९ ओभर ४ बलमा ३ विकेटको क्षतिमा १६८ रन बनाउँदै भेट्टायो । उसका लागि प्रकाश केसीले नटआउट ७१, सरोज पौडेलले २३ र तौसिफ आलमले नटआउट १८ रनको योगदान दिए ।

बलिङमा मतखोलवाका लागि मोहम्मद रफिक, अजमत वली र अजय त्रिपाठीले समान एक÷एक विकेट लिए ।यसअघि टस हारेर ब्याटिङ गरेको मतखोलवाले निर्धारित ४५ ओभरको खेलमा ९ विकेटको क्षतिमा १६४ रनको योगफल बनाएको थियो । उसका लागि अखिलेस यादवले ५२, मनिराम चौधरीले २५ र रामचन्द्र धवलले २२ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा बुटवल ११ का लागि कृष्ण सेनले ४, सुनिल नेपाली र प्रकाश केसीले समान दुई÷दुई विकेट लिए ।खेलका बुटवलका प्रकाश केसी म्यान अफ द म्याच घोषित भएको संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए । बुधबार डिभिजन बी अन्तर्गत नै रहेका बुटवल युथ स्पोट्र्स र गोलपार्क क्रिकेट क्लब, बुटवलबीच प्रतिस्पर्धा हुने अध्यक्ष मल्लले जानकारी दिए । चैत ६ गतेसम्म चल्ने प्रतियोगितामा विजेताले ७५ हजार, उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजले १५, बेष्ट ब्याट्स म्यानले र बेष्ट बलरले नगद ५÷५ हजार प्राप्त गर्ने छन् भने प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएका छन् ।जम्मा २० टिम सहभागी लिगमा ए डिभिजनका ८ र बी डिभिजनका १२ टिम सहभागी छन् । प्रतियोगितालाई नेपाल टेलिकमले मुख्य प्रायोजन गरेको छ भने विके ज्वेलर्स, सगरमाथा स्न्स्योरेन्स, सुगम आवास र ह्याप्पी आवर ग्यामिङ क्लबले सहप्रायोजन गरेका छन् ।