विप्लव नेतृत्वकाे नेकपाले भोलि गर्ने भनेकाे लुम्विनी बन्द फिर्ता

प्रकाशित मिति:

बुटवल- बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लुम्बिनी व्यूरोले भोली ८ गते गर्ने भनेको लुम्विनी ब्युरो बन्द फिर्ता भएको छ ।  आफ्नो पार्टीका नेताहरुलाई नियोजित रुपमा फसाउने षडयन्त्र गरिएको भन्दै बिप्लव नेतृत्वको नेकपाले भोली ८ गते लुम्बिनीका ७ ओटा जिल्ला बन्दको आव्हान गरेको थियो ।

पक्राउ गरेका चारै जना नेतालाइ जिल्ला प्रशासन कार्यलयले आज धरौटीमा रिहा गरेपछि भोलि आब्हान गरिएको बन्द फिर्ता लिइएको नेकपाका जिल्ला इन्चार्ज कमल केसीले बताउनु भएको छ । गत माघ २३ गते अर्घाखाँची जिल्लाको छत्रदेवबाट नेकपाको सांगठनिक अभियानको शिलशिलामा नेकपाका लुम्बिनी व्यूरो सदस्य एवं गुल्मी जिल्ला इन्चार्ज पुर्णवहादुर सिंह, सेक्रेटरी खिमबहादुर खड्का, अर्घाखाँची जिल्ला पार्टी सचिवालय सदस्य पिताम्बर पोखरेल र टुकलाल पुनलाई अर्घाखाँची प्रहरीले गिरफ्तार गरेको थियो । छत्रदेव गाउँपालिका वडा नम्बर–७ मडेलचौरका स्थानीय भिमलाल पाण्डेलाई कुटपिट गरेको अभियोगमा विप्लप माओवादिका ४ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।