चौथो सुर्यनगर गोल्डकप समापन

प्रकाशित मिति:

नवलपरासी/पश्चिम नवलपरासीको बर्दघाट १६ स्थित सुर्यनगरमा चौथो सुर्यनगर गोल्डकप मंगलबार एक कार्यक्रमका बीच समापन भएको छ । ६८ औँ प्रजातन्त्र दिवसको अवसर पारि नव युवा क्लब बर्दघाट १६ सुर्यनगरको आयोजनामा यही माघ २५ गतेदेखी फाल्गुन ७ गते मंगलबारसम्म सञ्चालन भएको चौथो सुर्यनगर गोल्डकप फुटबल प्रतियोगिताको सुर्यनगरको खैल मैदानमा समापन भएको हो । क्लबका अध्यक्ष कृष्ण प्रसाद सापकोटाको अध्यक्षता तथा बर्दघाट नगरपाकिाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै नगर प्रमुख बस्यालले बर्दघाट सुस्ता पश्चिम नवलपरासी विभिन्न खेलका खेलाडीहरु उत्पान गर्ने थलो भएको र यहाँ खेलाडीहरुको प्रचुर सम्भावना रहेको ताउदै हिजो सम्म खेलको क्षेत्रमा लाग्ने बालबालिकालाई आफ्नो अभिभावकले नकारात्मक दृष्टीले हेर्ने गरेपनि अहिलेको सो सोचमा परिवर्तन भईसकेको हुदा अहिले खेल निर्वाहमुखी नभई जिविकोपार्जनमा ठुलो टेवा पुर्र्याउने भएकोले खेल क्षेत्रलाई विकास र प्रबद्र्धन गर्न निस्चित योजना ल्याउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बिशेष अतिथीको रुपमा बोल्दै अखिल नेपाल फुटबल संघका केन्द्रिय अध्यक्ष कर्मा क्षिरिङ शेर्पाले यस क्षेत्रलाई फुटबलको राम्रो पकड क्षेत्र बनाउन फुटबल संघले बुटवललाई केन्द्रमा राखेर यो जिल्लालाई समावेश गरि फुटबललाई प्रबद्र्धन गरिने बताउदै विभिन्न चरणका खेलहरु जस्तै स्कुल लिगका खेलाडी जिल्लामा जिल्ला लिगका खेलाडी प्रदेशमा र प्रदेश लिगका उत्कृष्ट खेलाडी राष्ट्रिय लिगमा खेलने वातारवरण सृजना गर्दै लगिने बताउनुभयो ।

सो अवसरमा विशेष अतिथीको रुपमा प्रथम पुरुस्कारको ब्इवस्पान गर्ने नेपाल निर्माण ब्यवसायी संघ कास्कीका कोषाध्यक्ष लिलकाजी गुरुंग, उदय युवा क्ल्बका अध्यक्ष जिवन कामु, पुर्व अध्यक्ष ईन्द्र गुरुंग लगाएतले मन्तब्य राख्नुभएको थियो । सो प्रतियोगितामा मंगलबार आयोजक रातो नव युवा क्लब र ब्वाइज युुवा क्लब काठमाण्डौ बीच भएको खेलमा ब्वाइज युवा क्ल्बले सुन्यका विरुद्ध दुई गोलले विजयी भएको छ । खेलमा पहिलो हाफको २२ औँ मिनेटमा जर्सी नम्बर १२ का एट्रिक र दोस्रो हाफको ३५ औँ मिनेट जर्सि नम्बर १२ कै एट्रिकले गोल गरि कलबलार्य अग्रता दिलाएका थिए ।

खेलमा राष्ट्रिय ए डिभिजन क्लबका खेलाडीहरु सहित विग्रेड क्लब काठमाण्डौ लगाएत खप्तड गोल्डकप गराउने सुदुर पश्चिम ११ सहित दुइ वटा ए डिभिजन क्लब सँगै चितवन, रुपन्देही, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका गरी कुल १२ टिमको सहभागिता रहेको खेलमा करिब १२ सय दर्शक अट्न सक्ने गरि अस्थायी प्यारफिट निर्माण गरिएको थियो । साथै जिल्लामै पहिलोपल्ट खेल हेर्नको लागि शसुल्क प्रवेशको ब्यवस्था भएका खेलबाट स्थानिय तहमा नया खेलाडी उत्पादन गरि जिल्ला लिग हुदै राष्ट्रिय लिगसम्म पुर्याउने लक्ष्यका साथ खेल आयोजना गरिएकोे आयोजकले जनाएको छ । प्रतियोगिताबाट प्रथम हुने टिमले नगद २ लाख २२ हजार २ सय २२, द्धितिय हुने टिमले नगद रु १ लाख ११ हजार १ सय ११ नगद सहित शिल्ड मेडक, प्रमाण पत्र समेत प्राप्त गरेका थिए । खेल समयोजक भिमकाजी गुरुंगको स्वात मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन क्लबका सदस्य विजय गुरुंगले गर्नुभएको थियो । सो प्रतियोगिताको मिडिया पार्टनर समेत रहेको सामुदायिक रेडियो दाउन्नेले मंगलबार प्रत्यक्ष प्रसारण समेत गरेको थियो । क्लबले प्रजातन्त्र दिवसको अवसर पारि निशुल्क आखाँ शिविर समेत सञ्चालन गरिएको क्लबका खेल समयोजक भिमकाजी गुरुंगले जानकारी दिनुभएको छ ।